Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

अग्नि वस दुर्घटना हुँदा कोशी लोकमार्ग ५ घण्टा अवरुद्ध

  •   ५ वर्ष अघि | ८ माघ २०७८, शनिबार

धनकुटा प्रेस सम्वादाता 

धनकुटा– कोशी लोकमार्गको सिधुवा चित्रे सडक खण्डको नुनथलामा सनिवार यात्रुवाहक वस दुर्घटना हुँदा लोकमार्ग ५ घण्टा अवरुद्ध भएको छ । 

झापाबाट तेह्रथुम जिल्लाको म्याङलुङ वजार जाँदै गरेको ना ५ ख ५२२३ नम्वरको यात्रुवाहक वस सनिवार विहान ११.३० वजे दुर्घटनामा परेको हो । छथरजोरपाटी गाउँपालिका वडा नं.६ को उकालो सडकमा वस जाँदै एक्कासी वसको पिकअफ टुटेर पछि छरेर भित्तामा ठोकिएको थियो । वसमा सवार यात्रु भने सकुशल रहेका छन् । 

वस सडकको भित्तामा गएर फसेकाले वसमा सवार यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । सडकको भित्तामा गएर वस ठोकिएर कोल्टिदा दिनभर जस्तो राजमार्ग अवरुद्ध भएको थियो । सवारी आवागमन ठप्प भएको थियो । सडक अवरुद्ध हुँदा दर्जनौ सवारी साधनहरु घण्टौंसम्म सडकमा अलपत्र पर्दा यात्रुले सास्ती व्यहोर्नु परेको थियो । इटहरीबाट क्रेन ल्याएर दुर्घटनामा परेको वस पन्साउँदा अपरान्ह करिव ५ वजे देखी राजमार्ग खुलेको थियो । 


  • धनकुटा प्रेस

थप