धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका वडा नं.७ हुलाकटोलमा रहेको जनविश्वास अफसेट प्रेसमा विधुत सर्ट भएर मंगलवार विहान ६.३० वजे आगलागी भएको छ ।
आगलागीबाट ५५ लाख भन्दा वढी क्षति भएको प्रहरीले जनाएको छ । प्रेस संचालक होम नेम्वाङका अनुसार आफूलाई छरछिमेकीले फोन गरेपछि मात्र थाहा भएको वताए । उनले आगलागीबाट आफसेट प्रेस भएको कोठको सम्पुर्ण सामाग्री जलेर नष्ट भएको छ । अफसेट प्रेस, ग्राहक अडरका सामाग्री र नयाँ कागज लगायतका आवश्याक वस्तु सम्पुर्ण जलेर नष्ट हुँदा अन्दाजी ५५ लाख भन्दा वढी क्षति भएको हो ।
आगो विहान उज्यालो भएर लागेको कारण चाँडै स्थानियले देखेकाले नियन्त्रण गर्न सहज भएको थियो । रातको समयमा आगलागी भएर घट्ना घटेको भए धनकुटा वजारमा निक्कै ठूलो क्षति हुन सक्ने थियो । किन भने जनविश्वास अफसेट प्रेस भएको स्थान धनकुटा वजारको मुटु हुलाकटोलमा पर्दछ । समयमा धनकुटा नगरपालिकाबाट दमकल नआएको भए धनकुटा वजार खरानी हुने अवस्था थियो । आगलागी नियनत्रण नभएको भए प्रेस नजिकैको प्रधान गिफ्ट हाउस, जिमि ज्वलर्स र धनकुटा होटल, लेङ्गसुवा होटल निक्कै जोखिम पर्ने थिए ।
आगलागी धनकुटा नगरपालिकको २ वटा दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लागेर नियन्त्रणमा लिएका थिए । आगलागीको कारण प्रेस अथार्थ छापाखानाको कुनै पनि सामन प्रयोगमा नआउने गरी जलेको संचालक होम नेम्वाङले बताए । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष संजय सन्तोषी राई र होम नेम्वाङ्ग जनविश्वास अफसेट प्रेस संचालक हुन् ।
यसै विच नेपाल पत्रकार महासंघ धनकुटा शाखाले एक विज्ञप्ती जारी गरेर आगलागी भएको घट्ना प्रति गहिरो दुःख व्यक्त गरेको छ । महासंघका सचिव हरिवहादुर लम्जेलद्धारा जारी विज्ञप्तीमा पिडित परिवारलाई उचित क्षतिपुर्ति दिनको लागि सम्वन्धित पक्षलाई आग्रह गरिएको छ ।
अन्य तस्विरहरु :


- Dhnakutapress