धनकुटा प्रेस सम्वाददाता
धनकुटा/ धनकुटा नगरपालिका वडा नं.६ वाघे खोला घर भएका वर्ष ५२ का राजवहादुर आठपहरियाको करेण्ट लागेर शुक्रवार अपरान्ह मृत्यु भएको छ ।
मिस्त्री काम गर्न छिमेकी उद्धव कटुवालका घरमा गएको वेला अपरान्ह १ वजे राजवहादुरको करेण्ट लागेर मृत्यु भएको हो । मृतक आठपहरियाका भतिजा वलराम आठपहरियाले छिमेकी उद्धव कट्वालको घरमा ढोका वनाउनको लागि ग्रेन्डरमा विजुली जोड्न जाँदा करेण्ट लागेर मृत्यु भएको वताए ।
घट्ना पछि शुक्रवार साँझ जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गर्न लगिएको भतिज वलरामले बताए । उनले पोष्टमार्टम भै हालेको खण्डमा शुक्रवार साँझ नै सनाखत गर्ने बताएका छन् । उनले मृतक आफ्नो काका छिमेकी कट्वालको घरमा काम गर्न जाँदा अचानक करेण्ट लागेर दु:खद निधन भएको वताए । उनले कट्वालको घरमा काम गर्ने क्रममा घट्ना भएकाले उचित क्षतिपुर्तिको लागि पनि कुराकानी भैरहेको वताए ।
मृतक राईको २ छोरा, २ छोरी र श्रीमती रहेका छन् । श्रीमती सुस्त मनस्थितिको रहेको वताइएको छ । घट्नाको प्रहरी पुष्टी गरेको छ ।
- Dhankutapress