धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले समितिको निर्णयनुसार धनकुटामा २४ सै घण्टा फार्मेसी संचालन नगर्ने औषधि व्यवसायिहरुलाई जिल्ला अस्पतालको सटरवाट हटाईने बताएका छन् ।
अस्पतालको आ.व.०७९÷०८० को वजेट, नीति तथा कार्यक्रमका वारेमा छलफल गर्नको लागि आयोजना गरिएको विकास समितिको सोमवार विहान वसेको नियमित वैठकलाई सम्वोधन गर्दै अध्यक्ष तामाङले यस्तो वताएका हुन् ।
निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डा.मनिष शाहाले आ.व.०७८÷०७९ मा भएको खर्च र आम्दामी र चालु आ.व.०७९÷०८० को प्रस्तावित वजेट, नीति कार्यक्रम प्रश्तुत् गर्दै ।
उनले आफू विकास समितिमा आएपछिको गएको असार १४ गते वसेको पहिलो वैठकले अस्पताल परिसरमा फार्मेसी सेवा २४ सै घण्टा संचालन गर्ने भन्ने निर्णय गरिएको वताए । उनले सोही निर्णय अनरुपमा औषधी व्यवसायिहरुलाई विकास समितिले वैठकमा वोलाएर २४ सै घण्टा फार्मेसी सेवा संचालन गर्ने भन्ने निर्णय गरिएकोले अनुगमन गर्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन् । अध्यक्षले तामाङले भने–‘२४ सै घण्टा औषधी पसल खोल्ने सहमति भएनुसार आफ्नो पालामा फार्मेसी नखोल्नेलाई हटाइन्छ र जस्ले खोल्छ उस्लाई राखिन्छ ।’ उनले अस्पताल परिसरमा रहेका ४ वटै फार्मेसीहरुले २४ घण्टा खोल्ने भनेर विकास समितिसंग सम्झौता भएको छ, खोलका छैनन् भने ध्यानआकषर्ण गराउन अस्पताल प्रशासनलाई निर्देशन दिए ।
धनकुटा अस्पतालबाट राम्रो सेवा दिएको खण्डमा सिङ्गो कोशि पहाडका जिल्लावासीहरुले लाभ लिन सक्ने भन्दै २४ सै घण्टा खट्ने स्वास्थ्य प्राविधिकहरुलाई विकास समितिले उचित सेवा सुविधा दिने अध्यक्ष तामाङले बताए । विरामीहरुले धनकुटा अस्पतालको सेवा राम्रो छ भन्ने शंदेश वजारमा आउने गरि स्वास्थ्यकर्मिहरुले हतोत्शाही नभै उच्च मनोबलका साथ काम गर्न अध्यक्ष तामाङले निर्देशन दिए । उनले विगत वर्षहरुको तुलनामा आ.व.०७८÷०७९ मा विरामीको चाप अत्याधिक वढेकोले अस्पतालले दिने सेवाहरुमा प्रभावकारी र व्यवस्थित् हुन जरुरी रहेको औल्याएका छन् ।
धनकुटा अस्पतालमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विशेषज्ञ सेवा दिने भनेर बर्षौ अघि देखि सम्झौता गरेपनि, अहिलेसम्म विपिले त्यो सेवा धनकुटालाई दिएको छैन । दरवन्दी अनुसारको डाक्टर नभईरहेको अवस्थामा मन्त्रालयले सरुवा गरेर धनकुटा अस्पतालमा पठाएको डक्टरहरु आउन नमानेको अध्यक्ष तामाङले गुनासो गरे । उनले भने–‘प्रदेश र संघमा डाक्टर ल्याउनको लागि सरकारमा माननियहरु मार्फत प्रयास गरिरहेका छौं ।’
सो अवसरमा धनकुटा अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डा.मनिष शाहाले आ.व.०७८÷०७९ मा भएको खर्च र आम्दामी र चालु आ.व.०७९÷०८० को प्रस्तावित वजेट, नीति कार्यक्रम र अनुमानित वार्षिक आम्दामीको खाका समेत प्रस्तुत् गरेका थिए । विकास समितिका अध्यक्ष निरेन तामाङको अध्यक्षतामा सम्पन्न वैठकमा अस्पतालले हाल प्रदान गरिरहेको सेवाहरु, अस्पतालमा हाल उपलव्ध मानव शंसाधनको अवस्था, स्वास्थ्य उपकरणहरु भएर पनि विशेषज्ञ डाक्टर नहुँदा उपयोग विहिन भैरहेको अवस्था, १ सय वेडको अस्पताल भनिए पनि १५ वेड मै खुम्चिएर जवर्जस्त ढंगले ३० वेड चलाईरहनु परेको अवस्थाका वारेमा मुख्य गरेर छलफल भएको थियो ।
वैठकमा अस्पताल विकास समितिका सदस्यहरु हरि राई, सत्यनारयण यादव, जिल्ला प्रहरी कार्यालयका इनेस्पेक्टर माधव श्रेष्ठ, अस्पताल प्रशासन शाखाका प्रमुख राजन प्रसाद पोखरेल लगायतले बोलेका थिए । उनीहरुले जिल्ला अस्पताल परिसरमा रहेको अक्सिजन प्लान किन भयो भन्ने बारेमा पनि जिज्ञासा राखेका थिए । सो विषयमा अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डा.मनिष शाहाले अक्सिजन प्लान विग्रेको नभई सर्भिसिङ गर्नु पर्ने भएर संचालनमा नल्याएको बताएका छन् । अक्सिजन प्लानको केही उपकरण विग्रिएकाले वाहिरबाट झिकाउने काम भईरहेकोले सर्भिसिङ्ग गर्न समय लागि रहेको शाहाले बताए ।
- Dhankutapress