Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

प्रेस चौतारी नेपाल धनकुटाद्धारा २ जना पत्रकारलाई सम्मान

चौतारीको धनकुटा अध्यक्षमा नारयण आठपहरिया

  •   २ वर्ष अघि | २० माघ २०८१, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/प्रेस चौतारी नेपाल धनकुटा शाखाले १० औं स्थापना दिवशको अवसर पारेर संगठनमा आवद्ध २ जना पत्रकारलाई सम्मान गरेको छ । 

प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश वस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा संगठनमा आवद्ध रहेर २ दशक अघि देखि क्रियाशिल पत्रकार मध्ये १ जनालाई नगद सहित पुरस्कृत गरिएको छ भने १ जनालाई सम्मान गरिएको हो । सम्मानित हुनेमा धनकुटाका अग्रज पत्रकार शोविस चेम्जोङ्ग र पुरस्कृत हुनेमा रेडियो नेपालमा कार्यरत बलराम दाहाल रहेका छन् । 

नवनिर्वाचित अध्यक्ष नारयण कुमार आठपहरिया 

चौतारीका केन्द्रिय अध्इक्ष गणेश वस्नेत र जिल्ला अध्यक्ष रविन कट्टेलले चेम्जोङ्गलाई प्रमाणपत्र सहित दोसल्ला ओडाएर सम्मान र दाहाललाई नगद सहित दोसल्ला, प्रमाणपत्रले सम्मान गरेका हुन् । चेम्जोङ्ग अग्रदिप साप्ताहिकका सम्पादक तथा प्रकाशक, रेडियो वरुण र रेडियो मकालुका संचालक समितिका अध्यक्ष रहेका छन् भने दाहाल करिव २ दशक देखि पत्रकारितामा क्रियाशिल रहेका र हाल रेडियो नेपालमा कार्यरत रहेका छन् । 

दशौं जिल्ला अधिवेशनको उद्धघाटनसत्रमा नेकपा एमालेका जिल्ला अध्यक्ष शिव आङ्गला, नेकपा एमाले प्रदेश कमिटि सदस्य सावित्रा राई, जिल्ला सचिव नैन रुचाल, प्रेस चौतारी नेपालका प्रदेश नं.१ का उपाध्यक्ष सुमन पुरी, प्रेस चौतारीका प्रदेश सदस्य सन्तोष रुचाल, प्रेस युनियनका जिल्ला अध्यक्ष विनोद घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अधिवेशनको बन्द सत्रले राससमा कार्यरत धनकुटा प्रतिनिधि नारयण कुमार राईको नेतृत्वमा नयाँ समिति चयन गरिएको छ । 

  • dhankutapress

थप