Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

धनकुटा नगरपालिकाको १४ औं नगरसभा सम्पन्न

आ.व.०८१/०८२ को लागि १ अर्व, १२ करोड, २० लाख, ७६ हजार वरावरको वजेट सार्वजनिक

  •   ४ हप्ता अघि | ११ असार २०८१, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आ.व.०८१/०८२ को लागि तेश्रो वर्षको नगरसभा मार्फत नीति तथा कार्यक्रम तथा वजेट प्रश्तुत् गरेका छन् ।

नगर प्रमुख तामाङले आर्थिक वर्ष ०८०/०८१ को नीतिको समिक्षा गर्दै १ सय २९ वुँदा लामो आ.व.०८१/०८२ को नीति तथा कार्यक्रम सोमवार प्रश्तुत् गरेका छन् । प्रमुख तामाङले नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, खेलकुद तथा समाजिक विकास, पूर्वाधार विकास, आर्थिक विकास, बातवरण, फोहोरमैला तथा विपद् ब्यावस्थापन, सार्वजानिक सेवा प्रवाह र सुशासन, आर्थिक प्रशासन तथा सार्वजानिक खर्च व्यवस्थापन लगायतलाई समेटेर वुँदागत रुपमा प्रश्तुत् गरेका छन् । नीति तथा वजेटलाई सम्वोधन गर्दै नगर प्रमुख तामाङले भने–‘हामी वोलेर हैन कामले गरेर देखाउँछौं ।’ उनले नीति तथा कार्यक्रमले धनकुटा नगरको १० वटै वडालाई समेटेर सम्पूर्ण नगरवासीले अपनत्व लिने गरी सम्वोधन गरिएको स्पष्ट पारे ।

त्यसैगरी १४ औं नगर सभालाई सम्वोधन गर्दै नगरका उप–प्रमुख भीमा देवी खनालले धनकुटा नगरपालिकाले लिएको ‘समृद्ध धनकुटा, सुखी धनकुटेली’ को अभियानलाई सफल बनाउन सकिने वजेट तथा कार्यक्रम ल्याइएको स्पष्ट पारे । उनले आ.व.०८१/०८२ को लागि १ अर्ब, १२ करोड, २० लाख, ७६ हजार, ५ सय २३ रुपयाँ वरावरको आय शिर्षकमा बजेट प्रश्तुत् गरे । उनले समानिकरण अनुदान संघीय सरकारको १२ करोड, ७८ लाख, शसर्त अनुदान संघीय सरकार ६८ करोड, २० लाख, ९३ हजार, पाँच सय, समपुरक अनुदान संघीय सरकर १ करोड, ५० लाख, विशेष अनुदान संघीय सरकार २ करोड, ७० लाख रहेको छ । 

त्यसैगरी प्रदेश सरकार अन्तर्गत समानिकरण अनुदान ८० लाख, ३५ हजार, शसर्त अनुदान १ करोड, ५३ लाख, ८३ हजार, समपुरक अनुदान १ करोड, ३० लाख रहेको छ । त्यसैगरी नगरपालिकाको आन्तरिक स्रोत तर्फ १० करोड, ८९ लाख, ५२ हजार, ५ सय २३ रुपयाँ, राजश्व वाँडफाँड तर्फ संघीय सरकार १० करोड, ५६ लाख, राजश्व वाँडफाँड प्रदेश सरकार ७६ लाख, ९२ हजार, पुनःराजश्व वाँडफाड मालपोत ६० हजार, सडक वोर्ड ९० हजार र गत वर्षको अल्या १० लाख, २० हजार, ५ सय रुपयाँ रहेको छ । 

यसरी जम्मा १ अर्व, १२ करोड, ७६ लाख, ५ सय २३ रुपयाँ वरावराको वजेट कार्यक्रम उप–प्रुमख खनालले प्रश्तुत् गरेकी हुन् । जसमा चालु खर्च तर्फ ५१ करोड, २३ लाख, ४० हजार, पूजिगत तर्फ ६० करोड, ७७ लाख, ३६ हजार, ५ सय २३ रुपयाँ रहको उपाध्यक्ष खनालले वताईन । सो अवसरमा न्यायिक समितिको वार्षिक प्रतिवेदन समेत सार्वजानिक गरिएको थियो । त्यसैगरी धनकुटा नगरपालिकाको लेखा समितिले आ.व.०७३/०७४ देखि ०७९/०८० सम्मको नियमित गर्ने बेरुजु, असुल उपर गर्ने बेरुजु, प्रमाण पेश गर्ने बेरुजु, पेश्की बेरुजु सर्वाजानिक गरेको छ । 

 १४ औं नगरसभा एवं वजेट तथा कार्यक्रम सार्वजानिक समारोहको अवसरमा राष्ट्रसेवक कर्मचारीहरु, सामाजिक संघ संस्था, उत्कृष्ठ कार्य गर्ने टोल विकास संस्था, उद्यमी व्यावसायी लगायतलाई नगर प्रमुख तामाङले नगद, दोसल्ला र प्रमाणपत्रले सम्मान गरे । सभामा प्रमुख प्रशासकिय अधिकृत दसरथ राई, विषयगत शाखा प्रमुखहरु, १० वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।    


  • Dhankutapress

थप