Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

फोनिज धनकुटा शाखाले दुई छुट्टाछुट्टै शिर्षकमा अक्षयकोष घोषणा

  •   ३ वर्ष अघि | १० भदौ २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाले २४ औं स्थापना दिवशको अवसर पारेर ‘पहिचानको आन्दोलनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया तथा अक्षयकोष घोषणा कार्यक्रम सनिवार धनकुटाको पर्यटकिय उत्तरपानीमा सम्पन्न गरेको छ । 

सो अवसरमा ५ लाख बराबरको ‘आदिवासी जनजाति क्रियाशिल पत्रकारीता पुरस्कार कोष’ र फोनिज धनकुटा शाखाका सचिव स्वर्गिय पुर्णकुमार चौधरी स्मृतिमा उनको बालबच्चा र परिवारलाई आर्थिक सहयोग पुग्ने उदेश्यले ३ लाख बरावरको ’स्वर्गिय पूर्णकुमार चौधरी स्मृति कोष’ को पनि घोषणा गरिएको छ । अक्षयकोष घोषणा कार्यक्रमका प्रमुख अतिथि पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुङ्गले दुई छुट्टा–छुट्टै अक्षयकोषको स्थापना भएको घोषणा गरेका हुन् ।  

पाख्रीवास नगरपालिका वडा नं.९ को आर्थिक व्यवस्थापनमा सम्पन्न भएको अक्षयकोष घोषणा तथा अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि गुरुङ्गले भने–’आदिवासी जनजाति पत्रकारहरुको भलाईको लागि अक्षयकोष घोषणा भएको छ, यो धनकुटाको पत्रकारिताको विकासको लागि सकरात्मक पक्ष हो ।’ स्वर्गिय पूर्णकुमार चौधरीको नाममा परिवार र उनको बालबालिकाको लागि सहयोग पु¥याउने उदेश्यले दिर्घकालिन सोँच राखेर स्मृति कोषको घोषणा गर्ने योजना फोनिज धनकुटा शाखाले अघि सा¥यो यो राम्रो कामको थालनी भएको प्रमुख गुरुङले वताए । उनले दुवै अक्षयकोषको लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

फोनिजसंग हातेमालो गर्न नगरपालिका तयार : 

त्यसैगरी पाख्रीवास नगरपालिका वडा नं.९ का वडाध्यक्ष सम्झना आले मगरले फोनिजको २४ औं स्थापना दिवशको अवसरमा सम्पूर्ण पत्रकारहरुको उन्नति प्रगतिको लागि शुभकामना दिए । उनले भने–‘फोनिज धनुकटा शाखाले पाख्रीवास नगरपालिका वडा नं.९ लाई थोरै भएपनि सहकार्य गर्ने अवसर दिएकोमा खुशी व्यक्त गर्दछु । फोनिजको हरेक कदममा आफ्नो साथ रहने वडाध्यक्ष आलेले प्रतिवद्धता जनाए ।

कार्यक्रमका अर्का अतिथि नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले पहिचानको पक्षमा सशक्त ढंगले पत्रकारहरुले कलम चलाउनु पर्नेमा जोड दिए । उनले भने–‘पत्रकार महासंघको सुद्धिकरणको नाममा आदिवासी जनजाति पत्रकारहरुलाई पाखा लगाउने षडयन्त्र भएको छ, यस्मा मेरो गम्भिर आपत्ति छ ।’ फोनिज संघीय समिति सदस्य विदुर खवासले धनकुटाको पत्रकारिताको विकासको लागि सहयोग पु¥याउने उदेश्यले अक्षयकोषको स्थापना गरिएको स्पष्ट पारे । 

पहिचानको आन्दोलन पेचिलो बन्दै गएकोले गम्भिर भएर संचारकर्मीहरुले कलम चलाउनु पर्नेमा जोड :

नेपाल पत्रकार महासंघका १ नम्बर प्रदेश उपाध्यक्ष हिमा चेम्जोङले सुनसरी शाखाका अध्यक्ष जनकऋषि राईलाई पक्राउ गर्नु पर्छ भन्ने आवाज उठ्दा पहिचानको लागि मिडियाकर्मीको भूमिका सहि नभएर होकि भन्दै प्रति प्रश्न गरे । उनले पछिल्लो समयमा प्रदेश नं.१ मा पहिचानको आन्दोलन पेचिलो बन्दै गएकोले गम्भिर भएर संचारकर्मीहरुले कलम चलाउनु पर्नेमा जोड दिए । अबको दिनमा गम्भिर भएर कलम नचालनउने हो भने देश दिन प्रतिदिन पत्रकारहरुको कारण द्धन्द्धतिर उन्मुख हुन सक्ने चेम्जोङले दाबी गरे । 

 प्रदेश–१ अन्तर्गतका १४ वटै शाखाहरु, संघीय समिति र ८ वटै प्रवास शाखालाई स्व.चौधरी स्मृति कोषको लागि आर्थिक सहयोग गर्न आग्रह :

त्यसैगरी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेस समितिका अध्यक्ष सन्तवीर लामाले फोनिज धनकुटा शाखाका सचिव स्वर्गिय पूर्ण कुमार चौधरीको स्मृतिमा स्थापना गरिएको स्मृति कोष र आदिवासी जनजाति क्रियाशिल पत्रकारिता कोषको लागि सहयोग गर्न सम्पूर्ण पत्रकारहरुलाई आग्रह गरे । उनले भने–‘स्वर्गिय चौधरीको सहयोगको लागि प्रदेश नं.१ विभिन्न जिल्लाहरुबाट सहयोग प्राप्त हुने क्रम फोनिज प्रदेस–१ समितिको समन्वयमा भईरहेको छ ।’ अध्यक्ष लामाले प्रदेश–१ अन्तर्गतका १४ वटै शाखाहरु, संघीय समिति र ८ वटै प्रवास शाखालाई स्व.पूर्णकुमार चौधरी स्मृति कोषको लागि आर्थिक सहयोग गर्न आग्रह गरे । 

एकले अर्काको अस्तित्व सम्मान गर्न सक्नु पर्दछ :

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाका संस्थापक एवं नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले गोरु काट्नु पाउनु पर्छ भन्नेहरुले हिन्दु धर्मको विरोध गर्न नहुने बताए । राईले थपे–‘गोरु खानेले हिन्दु धर्म, सम्प्रदायलाई असर गर्ने गरी देखासिखि नगरी सामाजिक सद्भाव कायम गर्नु पर्छ ।’ उनले अर्काको अस्तित्वलाई होच्याएर आफू अग्लिने परम्पराले गर्दा नेपालमा द्धन्द्धको अवस्था सृजना भएको बताए । राईले भने–सिनो मान्छे देख्यो भने छिछि दुर्दुर गछौं, तर गिद्धको लागि अमृत हुन सक्छ भन्दै गोरु नखालेलाई घृर्णाको विषय बन्ला, तर खानेको लागि अमृत हुन्छ, त्यसैले एकले अर्काको अस्तित्व सम्मान गर्न सक्नु पर्दछ ।’  

वहुजातिय देश भनिए पनि सवै जातिले राज्यको हरेक नियकामा समान ढंगले फूल्नफल्न नपाएको गुनासो :

राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष एवं धनकुटा एफ.एम.का स्टेशन मेनेजर गोपाल बराईलीले मिडियाकर्मीहरुले मिसन पत्रकारिता गरे भने मात्र पहिचानको आन्दोलन सफल हुने वताए । जसरी पञ्चायत ढाल्नको लागि अग्रज पत्रकारहरुले मिसन पत्रकारिता गरे त्यसरी नै अहिलेको पत्रकारहरुले पनि पहिचानको आन्दोलनलाई सफल वनाउन मिसन पत्रकारिता गर्नु पर्नेमा बराईलीले जोड दिए । कार्यक्रममा अतिथिको रुपमा सहभागी उत्तरपानी प्राविधिक शिक्षालय धनकुटाका निमिक्त प्रमुख ज्ञानेन्द्र राईले नेपाल वहुजातिय देश भनिए पनि सवै जातिले राज्यको हरेक नियकामा समान ढंगले फूल्नफल्न नपाएको गुनासो गरे । 

फोनिज धनकुटा शाखाकी अध्यक्ष विनु चेम्जोङको अध्यक्षतामा सम्पन्न ‘पहिचानको आन्दोलन र मिडियाको भूमिका विषयक’ अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष खगेन्द्र घिमिरे, प्रेस चौतारीका पुर्व केन्द्रिय सदस्य एवं पत्रकार महासंघ धनकुटा शाखाका सल्लाहकार रमेशचन्द्र अधिकारी, समाजसेवी एवं पुर्व चुङवाङ गाविसका अध्यक्ष यज्ञवहादुर घिसिङ, पहिचान आन्दोलन संघर्ष समितिका सदस्य उद्धवमणी राई, आदिवासी जनजाति नगर महासंघ धनकुटाका उपाध्यक्ष इन्द्र लुङ्गेली मगर, तम्वा संघ धनकुटाका अध्यक्ष हरिलाल मोक्तान लगायत आ–आफ्नो धारण राखेका थिए । कार्यक्रममा तम्बा संघका कलाकारहरुले डम्फू सेलोमा सहभागी अतिथिहरुलाई स्वागत गरेका थिए ।

अन्य तस्विरहरु :


  • Dhankutapress

थप