Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पाख्रीवास न.पा. वडा नं.६ का वडाध्यक्ष गुरागाईको घरमा आगजनी प्रकरण किटानी जाहेरी दर्ता

  •   ३ वर्ष अघि | १९ मंसिर २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

पाख्रीवास/नेपाली कांग्रेस धनकुटाले पाख्रीवास नगरपालिका वडा नं ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईको घरमा आगजनी गरेको घट्नाको विरोध गर्दै घट्नामा संलग्न दोषीलाई कडा कारवाहीको माग गरेको छ ।

वडाध्यक्ष गुरागाईको परिवारको हत्या गर्ने उद्देश्यले सनिवार मध्यराती घर वाहिर चावी लगाई आगजनी गरिएको भन्दै घट्नाको दोषीलाई कारवाहीको माग गरेको हो ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई र सचिव विजय सन्तोषी राईले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पार्टीका नेता तथा वडाध्यक्ष गुरागाई र उनको परिवारको हत्या गर्ने उदेश्यले रातको समयमा सुतिरहेको अवस्थामा वाहिरबाट चावी लगाएर घरमा आगजनी गर्ने अपराधिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै घट्नाको निष्पक्ष छानविन गर्न भनिएको छ ।

यो घट्नाबाट अलिकती पनि बिचलित नहुन वडाध्यक्ष गुरागाई र उनका परिवारजनमा आग्रह समेत विज्ञप्ति मार्फत गरिएको छ । घट्नामा संलग्न सुशिल अधिकारीलाई कडा कार्वाही र थप अनुसन्धन गर्न माग गरिएको छ । सो अवसरमा वडाध्यक्ष तथा कांग्रेस नेता गुरागाई, पाख्रीवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव सन्तोषी राई, माओवादी केन्द्र धनकुटाका सचिव ओम प्रकाश निरौला,जसपा धनकुटाका सहसचिव तथा अधिवक्ता नारायणजुन राई, पाख्रीवास वडा नं ४ का वडाध्यक्ष सन्तोष मानन्धर, वडा नं ५ पाख्रीवासका कांग्रेस वडा सभापति पासाङ्ग तामाङ्ग लगायतको टोलीले सोमवार जिल्ला प्रहरी कार्यालय धनकुटामा किटानी जाहेरी दर्ता गरेको छ । वडाध्यक्ष गुरागाईको घरमा शनिवार मध्ये राती आगजनी गरिएको थियो । घट्नामा संलग्न भएको आशंकामा स्थानिय सुशिल अधिकारीलाई प्रहरीले शनिवार विहान नै पक्राउ गरेको थियो ।

पक्राउ परेका अधिकारीलाई घटनामा उनको संलग्नताको विषयमा सोधवुझ गर्दा कुनै वेला हो र कुनै वेला होईन भनिरहेकोले अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी प्रहरी नायव उपरिक्षक राजबाबु महर्जनले बताए।

  • Dhankutapress

थप