Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

जिल्ला प्रशासन कार्यालय धनकुटामा राष्ट्रिय बाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

  •   ३ वर्ष अघि | १९ मंसिर २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता

धनकुटा/सेवाग्राहीको सुविधाका लागि ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धनकुटामा राष्ट्रिय बाणिज्य बैंकले एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

अब जिल्ला प्रशासन कार्यालय धनकुटाको हाताबाटै सेवाग्राहीले राहदानीका लागि लाग्ने शुल्क बुझाउन पाउने छन् । यस अघि जिल्ला प्रशासनबाट उपलब्ध हुने सेवा लिँदा लाग्ने राजश्व जम्मा गर्न हुलाक टोल पुग्नु पर्ने बाध्यता थियो ।

एक्सटेन्सन काउन्टरबाटै राजश्व संकलनसँगै पेन्सन, नगद जम्मा र भूक्तानी सेवा समेत उपलब्ध गराइने बताइएको छ । कार्यक्रममा राष्ट्रिय वाणिज्य वैंकका प्रदेश प्रवन्धक दिपकराज न्यौपाने, धनकुटा शाखा प्रवन्धक खगेन्द्र कन्दङ्गवाले आसपासका क्षेत्रका सरकारी कार्यालय  र स्थानियलाई पनि वैंकको सेवा लिन आग्रह गरेका छन् । सेवा काउन्टरको उद्धघाटन प्रदेश प्रवन्धक दिपकराज न्यौपाने र धनकुटाका प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेलले संयुक्त रुपमा गरेका थिए । 

सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राई, उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष तारा तितुङ तामाङ लगायतले जिल्ला प्रशासन कार्यालय मै एक्सटेन्सन काउन्टर खुलेकोले आगामी दिनमा राजश्व जम्मा गर्न सेवाग्र्राहीहरुलाई सहज हुने भन्दै राष्ट्रिय वाणिज्य वैंकलाई धन्यवाद् दिए । 

यो काउन्टरमा नगद जम्मा गर्ने, झिक्ने लगायतको शाखाबाट प्रदान गरिने अधिकांश सेवाहरु प्रदान गरिने वैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य वैंकले जिल्ला सदरमुकाम धनकुटा वजार, हिले वजार, महालक्ष्मी नगरपालिकाको सदरमुकाम जितपुर वजारमा वर्षौ देखि आफ्नो वैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

  • Dhankutapress

थप