धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटामा १ नम्वर प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ हुने भएको छ । उधोग वाणिज्य संघ धनकुटाको आयोजनामा आगामी माघ ६ गते देखि १६ गतेसम्म १० दिने १ नम्वर प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव हुने भएको हो ।
धनकुटा उद्योग बाणिज्य संघ धनकुटाले महोत्सव आयोजना वारे आईतवार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । १० दिने महोत्सवमा स्थानीय उद्योगहरुले र बहुराष्टिय कम्पनी तथा उद्योगहरुले उत्पादन गरेका समाग्रीहरु,हस्तकलाका समाग्रीहरु,कृषि तथा पशुजन्य वस्तुहरु र समाग्रीहरु फलफुलहरु प्रर्दशनीमा राखिनेछ । साथै महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि स्थानीय देखी राष्टि«य स्तरका कलाकारहरुले गित संगित प्रस्तुत रहने छ भने जातिय भेषभुषा तथा झाँकीहरु प्रर्दशन पनि गरिनेछ । साथै, महोत्सवमा जातिय परिकार तथा नेपाली खानका परिकारहरु समेत राखिने अध्यक्ष विजय सन्तोषी राईले पत्रकार सम्ेमलनमा जानकारी दिएका छन् ।
महोत्सवमा प्रर्दशनका लागी १ सय ५० वटा स्टलहरु रहने छन् । साथमा, बालबालिकाहरुका लागी रमाईले बाल उद्यान समेत रहने महोत्सव प्रचार प्रसार समितिका संयोजक श्रीराम रायमाझीले वताए।
महोत्सवलाई भव्य रुपमा सफल बनाउन धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा १ सय १ सदस्यीय महोत्सव मुल आयोजक समिति गठन गरिएको छ । जस्मा २५ सदस्यीय सचिवालय समिति र विभिन्न उप समितिहरु समेत गठन गरिएको छ ।
- Dhankutapress