धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुको लागी धनकुटा उद्योग बाणिज्य संघले संचालन गरेको कर शिक्षा तथा बैकिक नितिको वारेमा अनुशिक्षण कार्यक्रम आईतवार सम्पन्न भएको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष मन कुमारी तितिङ्गले व्यक्त गरेका थिए । कार्यक्रमको महत्वको वारेमा सचिव राम वहादुर रायमाझीले प्रकाश पार्दै कार्यक्रमको संचालन गरेका थिए ।
कार्यक्रममा कर दाता सेवा कार्यालय धनकुटाका प्रमुख भक्त राज निरौलाले कर निति र कर प्रमाणीको वारेमा, बैकिङ्ग निति लगानी र असुलीको सम्वन्धमा सरकारी बैकहरुको तर्फबाट राष्टिय बाणिज्य बैक धनकुटाका साहायक प्रवन्धक चन्द्रकला वस्नेत, प्राईवेट बैकहरको तर्फबाट सिदार्थ बैक धनकुटा शाखका प्रवन्धक सुरेश कार्की र लघु वित्तीय संस्थाहरुको तर्फबाट जिवन विकास लघु वित्तिय संस्थाका प्रदेश प्रमुख सावित्रि देवी श्रेष्ठले सहजीकरण गर्दै उक्त विषयहरु प्रस्तुत गरेका थिए ।
सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु अम्विका धमला, रिदम श्रेष्ठ, सुनिता थापा, व्यावसायीहरु सत्यनारायण श्रेष्ठ, कल्याण भक्त श्रेष्ठ, प्रकाश राई, माधव प्रधान कार्यालय सचिव मातृका राई लगायतले आ आफ्ना धारणा राखेका थिए ।
- Dhankutapress