Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

३१ घाईते मध्ये २१ जना उपचार पछि घर फर्किए

महोत्सव सोमवार समापन हुने

  •   ४ वर्ष अघि | १५ माघ २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटामा सञ्चालन भइरहेको महोत्सव स्थलमा सनिवार राति भएको घटनामा परी घाइते भएका ३१ जना मध्ये २१ जना उपचार पछि घर फर्किएको उधोग वाणिज्य संघ धनकुटाले जानकारी दिएको छ ।  

घट्नाको वारेमा आइतवार अपरान्ह ३ वजे पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष विजय सन्तोषी राईले यस्तो जानकारी दिएका हुन् । उद्योग वाणिज्य संघ धनकुटाको आयोजनामा धनकुटा–५ स्थित् टुडिखेलमा सम्पन्न भईरहेको एभोकाडो तथा पा“चौ धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको सांगितिक प्रस्तुती हुनु केहि बेर अघि साढे ८ बजे राति उक्त घट्ना घटेको थियो । 

अध्यक्ष राईले भीड अनियन्त्रित भइ महोत्सवस्थलको मुख्य प्रवेशद्धारमा ठेलमठेल हु“दा घट्ना भएको वताए । उक्त घटनामा ४ वर्षिय बालक छथरजोरपाटीका सोनाम लिम्बु र धनकुटा ५ का ६ वर्षिय आवुहाड लिम्बुको अवस्था गम्भीर रहे पनि स्वास्थ्य स्थितिमा सुधार आएको वताए । घाईते वालकहरुको विराटनगर स्थित् गोल्डेन हस्पिटलमा उपचार गरिएको र वर्ष ४ का सोनाम लिम्वु भने उपचार पछि अस्पतालले डिस्चार्ज दिएको अध्यक्ष राईले वताए । त्यसैगरी अर्का घाईते भीमा लिम्वुको पनि गोल्डेन हस्पिटल विराटनगर मै टाउकोको शल्यक्रिया गरि उपचार पछि डिस्चार्ज भएको राईले बताए । उनले वाँकी ९ जना घाईतेहरुको धरान स्थित् विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको वताए । उनले घाईतेहरुको एमआरआई, सिटी स्क्यान, एक्सरे लगायतको स्वास्थ्य उपचार माननिय भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र कुमार राईको निर्देशनमा निःशुल्क गरिएको वताए । उनले धरानमा उपचारत रहेका घाईतेहरु नामवली भने सार्वजानिक गरेन्न । 

भीड अनियन्त्रित भइ महोत्सव स्थलको मुख्य प्रवेशद्धारमा ठेलमठेल हु“दा नजिकैको केही पसलहरुमा सामानहरु हराएको स्टल संचालक व्यापारीहरुले वताएका छन् । मुख्य प्रवेशद्धारको बायाँ पटी रहेको पुर्ण फास्फुड पसलमा अनियन्त्रित् भिडमा भागरेभाग हुँदा ५० हजार वरावरको खाद्य तथा पेय पदार्थ र किचनको सामाग्री चोरी भएको संचालक पुर्ण लिम्वुले ब्लाष्टलाई वताए । त्यसैगरी वायाँ पटी रहेको फेमस पान पसलबाट पनि ७ कार्टन पानी र ५ हजार वरावरको चाउचाउ, रेडवुल, चक्लेटको वट्टाहरु र अन्य खाद्य सामाग्री चोरी भएको संचालक पारश शाहाले वताए । त्यसैगरी धराने दुर्गा होटलका संचालक ऋषिराम पोख्रेलले आफुलाई हातपात गर्नुको साथै पसलमा रहेको कुर्सी भाँचि दिएको वताएका छन् । उनले आफ्नो पसलमा सेकुवा पोल्ने भाँडा र मासु समेत फ्याकि दिएको गुनासो गरे । 

उता काठमाण्डौंबाट कपडा पसल गर्न आएका रिया इम्पेक्समा संचालक सुमित बागलाले आफुलाई मानव भिडले थिचेर झण्डै ज्यान गएको वताए । त्यसो त आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाकी अध्यक्ष विनु चेम्जोङ्गले आफु ३ वर्ष र ५ वर्षको २ जना छोरा लिएर महोत्सव स्थलमा गएको अवस्थामा भिड्ले चेपिएर कान्छो छोरा निशासिएर झण्डै ज्यान गएको वताइन । उनले भनिन्–‘अव कति बाचिन्छ थाहाँ छैन, महोत्सव भनेपछि जिन्दगी भरी  कहिल्यै नजाने ।’ 

पत्रकार सम्मेलनमा पत्रकारहरुले सुरक्षा संवेदशिलतालाई महोत्सव आयोजकले ध्यान नदिएको, भिड नियन्त्रण गर्नको लागि प्रयाप्त सुरक्षाकर्मी परिचालन नगरेको, सेक्यूरेटीको भरमा प्रवेशद्धारमा जिम्मेवारी छोड्दा दर्शक र सेक्युरेटी विच झडपको स्थितिले घट्ना घटेको औल्याएका छन् । उनीहरुले ३ हजार दर्शक क्षमताको महोत्सव स्थलमा ७ हजार भन्दा वढी मान्छे प्रवेश गर्दा पनि सुरक्षा प्रवन्धमा आयोजकले ध्यान नदिएको गुनासो गरे । यता स्टलका व्यापारीहरुले भने आफूहरुलाई घाटा भएको भन्दै थप २ दिन महोत्स निरन्तरको माग गर्दै आएका छन् । आयोजकले २ दिन थप गर्ने भनेपछि आफुहरुले खाद्य सामाग्रीहरु खरिद गरेको चित्रे खाजा घरका संचालक गुणराज राईले वताए । 

यसैबिच, घटनाबारे जिल्ला सुरक्षा समितिको आइतवार बैठक बसेर घटनाको समिक्षा गरिएको निमिक्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् । आइतवार बिहान ११ बजे समितिको बैठक बसेर महोत्सव सोमवार १ वजे औपचारिक रुपमा समापन गर्ने निर्णय भएको जनाईन् । यस्तै घटनाबारे महोत्सव आयोजक, प्रशासन र सुरक्षा निकायका बैठकले यस्तो निर्णय गरिएको हो । उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले सोमवार १ वजे देखि महोत्सव समापन गर्ने वताए ।

यता लोक प्रिय गायक प्रमोद खरेलले आफु धनकुटा महोत्सवमा आएको दिन यस्तो घट्ना घटेको भन्दै दुःख व्यक्त गरेका छन् । उनले महोत्सवमा आए वापत लिने भनिएको पारिश्रमिक घट्नामा परि घाईते भएका विरामीको उपचारमा खर्च गर्न आयोजकलाई सहयोग गरेको वताएका छन् । उनले आफ्नो पारिश्रम कति हो र कति सहयोग आयोजक र घाईतेलाई भयो भन्ने वारेमा भने वोल्न चाहेनन् । उनले सम्पुर्ण घाईतहरुको स्वास्थ्यलाभको कामना समेत गरेका छन् । 

  • Dhankutapress

थप