धनकुटा प्रेस सम्वाददाता
हिले/धनकुटा नगरपालिका वडा नं.१ मा आदिम कालदेखि वसोवास गरिरहेका तामाङ जाति भित्रको तितुङ थरी तामाङको वंशावली सनिवार एक समारोहको विमोचन गरिएको छ ।
नेपाल तामाङ घेदुङ धनकुटाका पुर्व अध्यक्ष एवं पुर्व संघिय समिति सल्लाहकार बीरवहादुर तितुङ तामाङद्धारा लिखित ‘तितुङ वंशावाली’ नामक पुस्तक मञ्जुश्री सम्वत २८५९ ह्योअी ल्हो सोनाम ल्होछार नयाँ वर्षको अवसर पारेर विमोचन गरिएको हो ।
पुस्तकको तितुङ समाजका ज्येष्ठ सदस्य रण वहादुर तामाङ, तामाङ समाजका लाप्तावा (पुजारी) एवं तम्वा (डम्फुरे) गंगावहादुर तितुङ तामाङ, पुस्तक प्रकाशक वीर वहादुर तितुङ तामाङ, पाख्रीवास नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत गोर्ख वहादुर तितुङ तामाङले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।
पाख्रीवास नगरपालिकाका शाखा अधिकृत गोर्ख वहादुर तितुङ तामाङ तितुङ वंशावली माथि प्रकाश पार्दै ।
सो अवसरमा वोल्दै लाप्तवा एवं तामाङ समाजका पुजारी गंगावहादुर तितुङ तामाङले पहिलो पटक धनकुटाका तितुङ तामाङहरुका पुर्खाहरु र अहिलेसम्मको तन्नेरी पुस्तालाई अभिलेखिकरण र दस्तावेजीकरण गर्न सफल भएको भन्दै लेखकलाई धन्यवाद् दिए । उनले ‘तितुङ वंशावली“ पुस्तकले भोलीका नयाँ पिढिलाई विगतमा आफ्ना पुर्खा, अग्रजहरु को को थिए ? कहाँवाट आए ? भन्ने ज्ञान हुने वताए ।
पाख्रीवास नगरपालिकाका शाखा अधिकृत गोर्ख वहादुर तितुङ तामाङले वंशावली प्रकाशनले धनकुटाको तितुङ तामाङहरुको इतिहाँस लेखिएको भन्दै खुशि व्यक्त गरे । उनले आगामी दिनमा तितुङ वंशावलीलाई अझ् थप खोजी गर्न धनकुटा भन्दा वाहिरका तितुङ दाजुभाईहरुलाई समेट्नु पर्नेमा जोड दिए ।
‘तितुङ वंशावली’ पुस्तकका प्रकाशक एवं लेखक बीर वहादुर तितुङ तामाङले हिलेमा रहेका तितुङ वन्धुहरुको पुर्खाहरुलाई आधार मानेर अहिलेसम्मको तन्नेरी पुस्तालाई वंशवलीमा समेटिएको वताए । उनले पुस्तक प्रकाशनको लागि लामो समय देखि खोज अनुशन्धान गरेर आफ्नै लगानीमा ‘तितुङ वंशावली’ पुस्तक प्रकाशन गरिएको बताए ।
लाप्तवा गंगावहादुर तितुङ तामाङको अध्यक्षतामा सम्पन्न तितुङ वंशावली विमोचन कार्यक्रममा तितुङ तामाङ सेवा समाज धनकुटाका अगुवा, पदाधिकारी एवं सदस्यहरु, डम्फुरेहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन हिले वजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं जिल्ला घेदुङका पुर्व सल्लाहकार वुद्ध तितुङ तामाङले गरेका थिए । धनकुटाको हिलेमा आदिमकाल देखि वसोवास गरिरहेका तितुङ थरी तामाङको पुस्ताहरुलाई वंशवलीमा समेटिएको छ ।
- Dhankutapress