धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/निजामती आवशिय विद्यालय धनकुटाले निजामती सेवा दिवश–२०८० तथा नेपाली महिलाहरुको राष्ट्रिय पर्व हरितालिका तिजको अवसरमा यहि हप्ताको शुक्रवार र सनिवार विविध कार्यक्रम आयोजना गरेको छ ।
विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सर्कलबाट धनकुटा नगरपालिका वडा नं.७ मा रहेको नर्बदेश्वर शिवालय मन्दिर तथा निशान भगवती मन्दिरको सरसफाई गर्ने कार्य र विद्यालय परिसरमा बृक्षारोपण गर्ने काम सम्पन्न गरिएको विद्यालयका प्रिन्सिपल सुरेश काफ्लेले बताए ।
वृक्षारोपण कार्यक्रमको संयोजन जिल्ला वन कार्यालय धनकुटाले गरेको थियो भने सहयोग जुनियर रेडक्रस सर्कल निजामती आवशिय विद्यालय धनकुटाले गरेको थियो । वृक्षारोपण कार्यक्रमको आयोजना भने कर्मचारी मिलन केन्द्र धनकुटाले गरेको केन्द्रको अध्यक्ष एवं कोष तथा लेखा नियन्त्रक कार्यालय धनकुटाका प्रमुख ध्रुर्व कार्कीले बताएका छन् ।
त्यसैगरी भाद्र २२ गते तिज गितमा एकल छात्रा नृत्य प्रतियोगिता सम्पन्न गरिएको विद्यालयका प्रिन्सिपल सुरेश काफ्ले वताए । उत्कृष्ट नृत्य देखाउने विद्यार्थिहरुलाई विद्यालयका प्रिन्सिपल सुरेश काफ्ले, शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका प्रमुख मोहन राई र प्रदेश शिक्षा निर्देशनालय धनकुटाका शिक्षा विकास निर्देशक कृष्ण प्रसाद पोख्रेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा अभिभावकहरुको तर्फबाट ललित वि.क. र जुनि खालिङ राईले गीत मार्फत मनोरन्जन प्रदान गरेका थिए । सोहि अवसरमा विद्यालयलका सबै विद्यार्थिहरु, शिक्षकहरु लगायत उपस्थित सबै अभिभावक र अतिथिहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरिएको थियो । कक्षा–५ देखि १० सम्म अध्यपन गराईने निजामती आविशिय विद्यालय धनकुटामा ३ सय ५० भन्दा वढी छात्रा–छात्राहरु अध्ययनरत रहेका छन् ।
नेपाल सरकार शिक्षा मन्त्रालयले सार्वजानिक गुठी संस्थान अन्तर्गत राष्ट्रसेवक निजामती कर्मचारीहरुको छोरा छोरीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेश्यले विद्यालयको स्थापना गरिएको हो । वुढानिलकण्ठ काठमाण्डौं सो सरहको शिक्षादिक्षा दिने गरी उक्त वि.सं.२०७० सालमा धनकुटामा निजामती आवशिय विद्यालय स्थापना गरिएको प्रिन्सिपल सुरेश काफ्लेले वताए ।
विद्यालयमा ८५ प्रतिसत राष्ट्रसेवक निजामती कर्मचारीका छोराछोरीहरु र १५ प्रतिसत सर्वसाधरणका छोराछोरीहरुले अध्यापन गर्ने गरिएको छ । स्वाच्छ, सफा र शान्त वातवरण रहेकाले पछिल्लो समयमा विद्यालयमा विद्यार्थिहरुको आकर्षण वढ्दै गएको विद्यालयका प्रिन्सिपल सुरेश काफ्लेले बताए । प्रदेश नं.१ र प्रदेश नं.२ अन्तर्गतका विभिन्न जिल्लाबाट विद्यार्थिहरु अध्ययन गर्न आउने गरेको उनले बताए ।


- Dhankutapress