Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

यलेदोङ्ग ५०८४ को अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम

  •   ३ वर्ष अघि | १ माघ २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/किराँत राई साँस्कृतिक संघ केन्द्रिय समिति र जिल्ला समिति धनकुटाको आयोजना यलम्बर सम्वत ५०८४ को अवसरमा शुभकामना आदन प्रदान तथा द्धिप प्रज्वलन कार्यक्रम सोमवार धनकुटामा आयोजना गरिएको छ ।

किराँत राई कलाकार संघका केन्द्रिय समितिका सचिव सुखकला राईको प्रमुख आतिथ्यमा सम्पन्न शुभकामना आदन प्रदान कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति, धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई, किराँत राई यायोखा जिल्ला अध्यक्ष उद्धवमणी राई लगायतले स्थानिय मदनचोकमा आयोजना गरिएको शुभकामना आदन प्रदान तथा साँस्कृतिक कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

किराँत राई कलाकार संघ जिल्ला समिति धनकुटाका अध्यक्ष साङ्गेन राईको अध्यक्षतामा सम्पन्न शुभकामना साँझ कार्यक्रममा किराँत विद्यार्थि संघ, किराँत राई शिक्ष्क्षक संघ, किराँत राई खेलकुद संघ र किराँत राई पत्रकार संघको प्रमुख एवं प्रतिनिधिहरुले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा वोल्ने वक्ताहरुले प्रथम राजा यलम्वरलाई राष्ट्रिय विभुति घोषणा गर्नु पर्ने, हरेक वर्ष आउने माघ १ गतेलाई यलम्वर जयन्तीको रुपमा सार्वजानिक विदा दिनु पर्ने, यले सम्वतलाई राष्ट्रिय सम्वत रुपमा घोषणा गर्नु लगायतको माग सरकार समक्ष अघि सारेका थिए । कार्यक्रमको संचालन जिल्ला सचिव केशव राईले गरेका थिए । 


  • Dhankutapress

थप