Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

लागु औषधका नकारात्मक पक्षहरुको शन्देस दिन सांगितिक महोत्सव हुने

  •   ३ वर्ष अघि | १ फाल्गुन २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/सांगीतको माध्यमबाट युवाहरुलाई लागु औषधका नकारात्मक पक्षहरुको बारेमा जनचेतना जगाउने र स्थानीय मौलिक संस्कृतीलाई प्रबद्धन गर्ने उदेश्यका साथ धनकुटामा २ दिने साँगितिक महोत्सव हुने भएको छ । 

      धनकुटा ५ मा रहेको न्यू नवप्रभात क्लबको आयोजनामा सागितिक महोत्सव हुने सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । कार्यक्रममा विभिन्न जनजातीहरुको सँस्कृति, भेषभुषा, रहनसहन तथा  मौलिक खनाको प्रबद्र्धन गरिने आयोजकले जनाएको छ । 

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजक सस्थाका अध्यक्ष गोविन्द राईले जानकारी दिए ।  दुई दिनसम्म सञ्चालन हुने  महोत्सवमा २१ लाख रुपैयामा खर्च हुने सागितिक कार्यक्रमका संयोजक रीदम श्रेष्ठले जानकारी दिए । 

कार्यक्रममा सविन राई एण्ड द फेरो व्याण्ड, कालिप्रसाद वास्कोटा फ्री वर्ड, चुम्बक व्याण्ड, आरोह व्याण्ड, न्युभोलुम व्याण्ड, स्काई एडि, मनोज तिवारी एण्ड स्नाव व्याण्ड तथा टिन्स क्रिउ र त्रिवेणी नाट्य डान्स सेन्टर लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

  • Dhankutapress

थप