Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

संविधान दिवशको अवसरमा दक्षिणकाली मन्दिर परिसरमा वृक्षारोपण

२ सय वर्ष पूरानो मन्दिर संरक्षणमा जोड

  •   ४ वर्ष अघि | ३ असोज २०७९, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/संविधान दिवशको अवसरमा धनकुटा नगरपालिका वडा नं.६ स्थित् दक्षिणकाली मन्दिर परिसरमा सोमवार वृक्षरोपाण कार्यक्रम आयोजना गरिएको छ । 

नेपाली सेनाको भिमदल गण सल्लेरी धनकुटाको आयोजनामा दक्षिणकाली मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दक्षिणकाली मन्दिर परिसरमा वृक्षारोपण गरेर कार्यक्रमको समुद्धघाटन गरेका थिए ।  कार्यक्रममा भिमदल गणका सेनानीद्धय पुर्ण प्रजापति, नविन गुरुङ, जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारी, शसस्त्र प्रहरी बल धनकुटाका सुरक्षाअधिकारीहरुले स्वमी, एभोकाडो लगायत विभिन्न प्रजातिका ५० वटा वृक्षारोपण गरेका छन् ।

वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै प्रजिअ युवराज कट्टेलले २ सय वर्ष पुरानो दक्षिणकाली मन्दिरको संरक्षण र सम्वद्र्धनमा सरोकारवाला निकायहरुले ध्यान दिनु पर्ने वताए । उनले दक्षिकाली मन्दिरको ऐतिहासिक महत्व रहेको बताउँदै मन्दिर जिर्ण वन्दै गएकोले संरक्षण पर्नु पर्ने बताए । उनले ऐतिहासिक काल देखि नै दक्षिणकाली मन्दिरमा नेपाली सेनाले शक्तिपिठको रुपमा पुजाआरधना गर्दै आएको बताए ।   


  • Dhankutapress

थप