धनकुटा प्रेस अनलाईन पत्रिका सम्वाददाता
उत्तरपानी, धनकुटा
आ ........... हा ............ लास्सो .......
आमैले आमैले
स्यामिन धोनरीम आहिन्गा
तिनिला घेताङला धोन्धाम्री
तम्बा संघ नेपाल ला
ज्यावाडान्बा धोन्धाम्री
आमैले आमैले
तम्बा संघ नेपाल ला
च्युअी से घिक् जा जोम्नारी
ज्यावाडान्वा घेताङ्गला धोन्धाम्री
काँस ला देर्मा थान्सीनाम्
छ्यानी बुम्बै थान्सीनाम्
स्याल्गर सगुन थान्सीनाम्
आमैले आमैले
आ ........... हा ............ लास्सो .......
हो, वास्तवमा तामाङ समाजमा तामाङ संस्कृतिका धरोहर भनेका तम्बाहरु नै हुन् । उनीहरुले माथि गाएका गीतका अंश र हरफहरु तामाङ गायन संस्कृति भित्रको डम्फू सेलोमा आधारित तम्वाहरुले गाउने गीतको अंश हो । तामाङ समाजमा तम्वाहरुको भूमिका र महत्व विशिष्ट किसिमको हुने गर्दछ । वास्तवमा तम्बाको आफ्नै परम्परागत मान्यता रहेको छ । यसैलाई कतिपयले शास्त्रीय मान्यता र दर्शनको रुपमा पनि प्रश्तुत् गरेको पाईन्छ । तम्बाको दर्शन भनेर दावी गर्न र प्रमाणित गर्न निक्कै गाह्रो छ । वास्तवमा तम्वाको आफ्नै परम्परागत मान्यता भने बनेको स्पष्ट तामाङ समाजमा देखिन्छ । जुन बोन तथा वौद्ध लामा गुरुबाट लिएका हुन सक्छन् । यहिनेर तम्वालाई कतिपयले बोनसंग त कतिले वौद्ध लामा गुरुसंग जोडेर हेर्ने गरेका छन् ।
तम्बाका साँस्कृतिक मूल्य मान्यता कृत्य, अनुष्ठान, पौराािणक ऐतिहाशिक पक्षमाथि अहिलेको तामाङ समाजमा छलफल आवश्यक देखिएको छ । तिनको मूल्य मान्यता र विश्वास पद्धति कतिको विज्ञान सम्मत् छन् या छैनन् भन्ने प्रश्न पनि उठ्न सक्छ । सृष्टि, सृर्जना, उत्पति साथै रिमठिम, पेठिम, ह्युल्ठिम र ग्यलठिमको बारेमा तम्बाको मान्यता स्पष्ट गर्न जरुरी देखिन्छ । यस्ता खाले कार्यक्रमले थप तामाङ समाज प्रष्ट हुदै जाने देखिन्छ । मानव चोला तथा जीवन संस्कार (जन्मदेखि मृत्युसम्म) साथै मृत्यु पछिको यात्रा सम्वन्धमा तम्बाको विश्वास, आस्था साथै मान्यता के भन्ने वारे स्पष्ट हुन सक्नु पर्दछ । त्यसैले गर्दा तम्बा नै बोन र लामा गुरुका बीच संयोजनकारी भूमिकामा रहँदै आएको छ । भोलीका दिनमा पनि रहिरहने छ ।
यहि दर्शन र शिद्धान्तलाई आत्मासाथ गरेर तम्बा संघ जिल्ला समिती धनकुटाले पाख्रीवास नगरपालिका वडा नं.९ उत्तरपानीमा आफ्नो संस्थागत जीवनको ११ औं वार्षिक उत्सव तथा साधरणसभा सनिवार सम्पन्न गरेको छ । पाख्रीवास नगरपालिका नगर प्रमुख ज्ञान वहादुर गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न ११ औ वार्षिक साधरणसभामा धनकुटा जिल्लाका सातै वटै पालिकाबाट तम्बा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख गुरुङले भने–‘नेपालमा जाति, भाषा, धर्म,संस्कार,संस्कृतिहरु धेरै छन् । राज्यले कसैलाई काख, कसैलाई पाखा गर्नु हुँदैन ।’ एकले अर्काको संस्कृतिलाई सम्मान गरेर अघि वढ्न सक्ने वातवरण सरकारले वनाउनु पर्नेमा गुरुङले जोड दिए । सो अवसरमा उनले पाख्रीवास नगरपालिकाले आ.व.०८०÷०८१ मा संचालन हुने विभिन्न कार्यक्रम तथा योजनाहरुको वारेमा सहभागी माँझ जानकारी गराएँ । त्यसैगरी कार्यक्रमका विशेष अतिथि पाख्रीवास नगरपालिका वडा नं.९ का वडाध्यक्ष सम्झना आले मगरले भाषा, धर्म, संस्कार, संस्कृति हरायो भने हरेक जातिको पहिचान हराउने दावी गरे । आलेले वडा कार्यालयले हरेक जातिको भाषा, संस्कार संस्कृति संरक्षणको लागि वजेट विनियोजन गरेर कार्यक्रम गर्दा सहयोग गर्दै आएको वताईन ।
त्यसैगरी नेपाल तामाङ घेदुङ जिल्ला समिति धनकुटाका पुर्व सचिव एवं फोनिजका प्रदेश अध्यक्ष सन्तवीर मोक्तान तामाङले तम्बा संघले जिल्लाको सातै तहमा छरिएर वसेका तामाङहरुलाई तम्बासंघका एकतावद्ध गर्न सुझाव दिए । तामाङहरु धनकुटा जिल्लाको विभिन्न पालिकाहरुमा छरिएर रहेकोले उनीहरुको भाषिक, साँस्कृति एक रुपताको लागि तम्वासंघले तामाङ गाउँ वस्तीहरुमा कार्यक्रम लान सक्नु पर्नेमा जोड दिए । मोक्तानले गएको भाद्र २ देखि ४ गतेसम्म बाग्मती प्रदेशको शंखरापुरा नगरपालिका वडा नं.४ लफ्सीफेदीको झुलेमा सम्पन्न तामाङ भाषाको मानकीकरणको लागि देशभरको भौगोलिक भेदका प्रतिनिधिहरुको राष्ट्रिय भेलामा उठेको विषयवस्तुको वारेमा पनि जानकारी गराएका थिए ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव एवं पहिचानवादी नेता जयन्द्र घिसिङले पाख्रीवास नगरपालिकाको वडा नं.९ उत्तरपानी तम्बाहरुको उर्बराभूमिको रुपमा लिन सकिने वताए । घिसिङले भने–‘पाख्रीवास नगरपालिका वडा नं.९ ले जसरी तामाङ समाजमा साँस्कृतिक हिसावले काम गर्ने तम्वा उत्पादन गरिरहेको छ, आगामी ५० वर्ष पछिको पुस्ताले इतिहाँसको रुपमा स्वीकांर्नेछ ।’ ‘उनीहरुले तम्बाको उर्वराभूमिको इतिहाँस पढ्नेछ् ।’–घिसिङले थपे । इतिहाँस त्यतिकै नलेखिने दावी गर्दै घिसिङले भने–‘इतिहाँस जित्नेको घोडा हो भनिन्छ भन्दै तामाङ जातिको अतित्को इतिहाँसको स्मरण गराए ।’
घिसिङले नेपाल एकिकरणको नाममा पृथ्वीनारयण शाहाले युद्ध गर्दा नुवाकोटमा ७ दिन युद्ध गरेको इतिहाँस सुनाए । ‘तर, युद्ध कोसंग गरियो, किन गरियो ? भनेर नेपालको राजनीतिक इतिहाँसमा काँही कतै लेखिएन’–घिसिङ्गले स्पष्ट पारे । उनले भने–‘उ वेला पृथ्वीनारयण शाहाले तामाङको राजा, तामाङको सेनासंग युद्ध गरेका थिए ।’ तर, त्यतिखेरका शासकहरुले तामाङ राजा र तामाङ सेनाको वारेमा इतिहाँस लेखेनन् बरु उल्टै मासिन्या मतवली भनेर दवाए । यो नेपालको राजनीतिक इतिहाँसमा तामाङ जातिको लागि दुर्भाग्यको कुरा हो भन्दै नेता घिसिङले थपे–‘यो देशको शासकहरुले इतिहाँसको कालखण्ड देखि नै उपेक्षा गरेकोले तामाङ जातिहरु सजक र सचेत भएर अघि वढ्न पर्छ ।’
पाख्रीवास नगरपालिका वडा नं.९ का निवर्तमान वडाध्यक्ष चन्द्रलाल घिसिङ तामाङले तामाङ भाषाको वृद्धि र विकासको लागि हरेक घरघरबाट अभियान संचालन गर्नु जरुरी रहेको औल्याए । उनले भने–‘पाख्रीवास न.पा.–९ मा तामाङ जातिको जनघनत्व वढी रहेकोले नगरपालिकाले वजेट तथा कार्यक्रम वनाउँदा समुदाय लक्षित हुनु पर्छ ।’ तामाङ घेदुङ धनकुटाका सचिव एवं उत्तरपानी वजार व्यवस्थापन समितिका अध्यक्ष गजम घिसिङले हरेक जातिको पहिचान भाषा, धर्म लगायत हरेक कुराहरुबाट विविधता राख्ने देश नेपाल भएको वताए ।
उनले भो–‘यस्तो विविधतामा पनि एकताको सुत्रमा वाँधिएका छौं ।’ उनले भने–‘यहि कुरालाई देखेर आज भन्दा १ सय वर्ष पहिले मानवशास्त्री टोनी हेगनले भनेका थिए–‘नेपालमा संसारको हरेक भाषा, संस्कार, संस्कृति र धर्म पाईन्छ ।’ तर, यसो भनिरहँदा तामाङ जातिमा हिजोको दिन देखि हेर्दै जाने हो भने तपाई हामीलाई राज्य संचालन गर्ने शासकहरुले चुकाएको दावी घिसिङले गरेका छन् । जस्को विरुद्ध आज ताम्सालिङमा विरोधका श्वरहरु वुलन्द भैरहेका छन् । यता प्रदेश नं.१ को विराटनगर पनि विरोध प्रदर्शन भईरहेको छ । यस्ले संकेत गरेको आवाजलाई आजका शासकले सम्वोधन गर्देन भने अहिलेको शासकहरु विस्थापित भएर जाने ठोकुवा गरे ।
त्यसैगरी नेपाल तामाङ घेदुङ धनकुटाका पुर्व अध्यक्ष सीताराम थिङ तामाङले तम्बा संघको शाखा विस्तार गाउँगाउँसम्म गर्न सक्नु पर्नेमा जोड दिए । त्यसो भयो भने मात्र तामाङ समुदायमा साँस्कृतिक जागरण आउँने उनले आशा व्यक्त गरे । समाजसेवी एवं साविक चुङ्गवाङ्ग गाविसका अध्यक्ष यज्ञ वहादुर घिसिङ, नेपाल तामाङ घेदुङका पुर्व अध्यक्ष भुपलाल वम्जन तामाङ लगायतले यूवा पुस्तामा तामाङ साँस्कृतिको जागरण आजको आवश्यक्ता रहेको औल्याए ।
तम्वा संघ धनकुटाका अध्यक्ष हरिलाल मोक्तान तामाङको अध्यक्षतामा सम्पन्न ११ औं वार्षिक उत्सव तथा साधरणसभामा सहभागी तम्वाहरु, जलासेग वोर्डिङ्ग स्कुल र भारती माध्यामिक विद्यालय चुङ्गवाङ्गका कलाकार नानीहरुले तामाङ लोक संस्कृतिमा आधारित गीत संगीतमा डम्फू सेलोमा नृत्य प्रश्तुत् गर्नुको साथै तामाङ भाषामा कविता समेत वाचन गरेका थिए ।
प्रतियोगितामा भारती माविका कक्षा–१० मा अध्ययनरत सोनाम दिच्छा घिसिङ लगायत बाल कलाकारहरु उत्कृष्ठ तामाङ भाषामा कविता वाचन र नृत्य डम्फू सेलोमा प्रश्तुत् गरेर पुरस्कृत भएका थिए । साधरणसभामा तम्वाहरु हरिलाल मोक्तान, दिलवहादुर घिसिङ, गंगावहादुर तितुङ तामाङ, श्याम थिङ तामाङ, बलवहादुर घिसिङ तामाङ, जय वहादुर मोक्तान तामाङ, उत्तरचन्द्र घिसिङ र वृष वहादुर योञ्जन तामाङ लगायतले तम्वा थिममा आधारित भएर डम्फू सेलो प्रश्तुत् गरेका थिए । त्यसैगरी लामा भुपलाल वम्जन, म्हानिपा घेदुङका भुनामाया वम्जन, युवती वम्जन लगायतले अष्टमंगल मलम पाठ गरेका थिए ।
ङायूर थर्पोलिङ गुम्वा पाख्रीवास न.पा.–९ लाई १÷१ रोपनी निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई साधरणसभाका प्रमुख अतिथि ज्ञान वहादुर गुरुङ र संस्थाका अध्यक्ष हरिलाल मोक्तान तामाङले सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा पाख्रीवास–९ लिसिम्वु चोक धनकुटाका चन्द्र वहादुर मोक्तान र मान वहादुर बल तामाङ रहेका छन् । अन्त्यमा तम्वा संघ धनकुटाका अध्यक्ष हरिलाल मोक्तानले संघको वार्षिक आय–व्यय प्रश्तुत् गर्नु साथै संस्थागत प्रगती प्रतिवेदन प्रस्तुत् गरेका थिए ।
हेर्नुहोस (फोटो फिचर)



- Dhankutapress