धनकुटा प्रेस सम्वाददाता
धनकुटा/होली पर्वको अवसरमा नेपाल प्रेस युनियन धनकुटा शाखाले विहिवार धनकुटाको पर्यटकीय स्थल पाल्ले खोलामा होली मिलन कार्यक्रमको आयोजना गरेको छ ।
सो कार्यक्रममा नेपाल प्रेस युनियन धनकुटाका पदाधिकारी तथा सदस्यहरु र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विच एक आपसमा रङ्ग लगाएर शुभ कामना आदन प्रदान गर्दै आगामी निर्वाचन जसरी भए पनि जित्ने उद्धघोष गरेका छन् । उनीहरुले एक आपसमा होलीको अवसरमा रङ लगाउँदै आगामी चुनाबमा जित हाशिल गरेर यसरी नै विजयको रङ्ग लगाउने भन्दै प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व मन्त्री सुनिल वहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै होलीको दिन देखी धनकुटामा कांग्रेसको विजयी यात्रा शुरु भएको उद्घोष गरे । उनले आगामी चुनावमा धनकुटाको सातै तहको निर्वाचनमा कांग्रेसले जित्ने र बिजयको अविर समेत होली जस्तै लगाउने बताए ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राईले नेपाल प्रेस युनियनको होली मिलन कार्यक्रमले कांग्रेसमा नया उल्साह थपिएको बताए ।
नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोगको अध्यक्षतमा सम्पन्न भएको होली मिलन कार्यक्रममा प्रदेश सभा सदस्य लिला सुब्बाले शुभ कामना व्यक्त गरेका थिए भने नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले रमाईलो हाउजी खेल खेलाउदै शुभ कामना दिएका थिए । कार्यक्रमको संचालन नेपाल प्रेस युनियन धनकुटका सचिव विकास घिमिरेले गरेका थिए।
- dhankutapress