Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सोनाम ल्होछारको अवसरमा तामाङ भित्तेपात्रो लोकार्पण

  •   ३ वर्ष अघि | २९ माघ २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

संखुवासभा/तामाङ समुदायले परापुर्वकाल देखी मनाउँदै आएको सोनाम ल्होछार नयाँ वर्षको अवसर पारेर सनिवार यहाँ तामाङ भित्तेपात्रोको लोकार्पण गरिएको छ । 

मञ्जुश्री सम्बत २८६० डुक ल्हो सोनाम ल्होछार नयाँ वर्षको पावन अवसरमा श्री स्वयम्भू सामाजिक संस्था तथा रिग्जीन छ्योलिङ गुम्बा चैनपुर–४ कोक्साद्धारा संयुक्त रुपमा आयोजित शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रममा तामाङ भित्तेपात्रोको लोकर्पण गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि चैनपुर नगरपालिकाका उप–प्रमुख ऐलिना श्रेष्ठ,विशेष अतिथि नेपाल तामाङ लामा घेदुङका संघीय अध्यक्ष पाल्देन लामा लगायतले तामाङ भित्तेपात्रोको लोकार्पण गरेका हुन् । सो अवसरमा चैनपुर नगरपलिका वडा नं ४ का वडाध्यक्ष धन बहादुर तामाङ, वडा नं २ का वडाध्यक्ष फुर्दावा शेर्पा, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति संखुवासभा अध्यक्ष काजीमान तामाङ लगायतको पनि भित्रेपात्रो लोकार्पण कार्यक्रममा सहभागीता रहेको थियो  । 

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति संखुवासभाले प्रकाशित गरेको तामाङ भित्तेपात्रो मन्जुश्री सम्बत २८६० को विमोचन गर्दै उनीहरुले डुक ल्हो नयाँ वर्षको शुभकामना मन्तव्य समेत व्यक्त गरेका थिए । सो अवसरमा मौलिक तामाङ सेलोमा डम्फू वजाएर नृत्य समेत प्रश्तुत् गरिएको थियो ।  

कार्यक्रममा चैनपुर न.पा. वडा नं.४ कोक्सा आसपास र पोखरी वजारका ल्होछार प्रेमी समुदायका दाजुभाई तथा दिदिवहिनीहरुको उल्लेख्य सहभागिता रहेको चैनपुरबाट जिल्ला घेदुङ संखुवासभाका अध्यक्ष काजीमान ग्यावाले जानकारी दिए । सोनाम ल्होछारको अवसरमा हरेक वर्ष चैनपुरको कोक्सामा नेपाल तामाङ घेदुङले शुभकामना आदन प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

  • Dhankutapress

थप