Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

किराँत साम्पाङ राई जुम्लेखाको पाँचौं राष्ट्रिय महाधिवेशन धनकुटाको मूलघाटमा सम्पन्न

केन्द्रिय अध्यक्षमा बीरकाजी साम्पाङ

  •   ३ वर्ष अघि | ६ जेष्ठ २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/किराँत साम्पाङ राई जुम्लेखा नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन धनकुटाको मूलघाटमा सनिवार सम्पन्न भएको छ । 

पुर्व सामाजिक विकास मन्त्री राजन राईको प्रमुख आतिथ्यमा सम्पन्न किराँत साम्पाङ राई जुम्लेखाको पाँचौं राष्ट्रिय महाधिवेशनले वीरकाजी सम्पाङ राईलाई केन्द्रिय अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । 

किराँत सम्पाङ राई जुम्लेखा नेपाल जिल्ला तदर्थ समिति धनकुटाको स्थानिय व्यवस्थापनमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनको वन्द सत्रले जुम्लेखा नेपालको उपाध्यक्षमा तिन जनालाई चयन गरेको छ । नवनिर्वाचित उपाध्यक्षहरुमा पिके खम्वू, बलवहादुर साम्पाङ राई र कृष्णराज राई रहेका छन् । 

त्यसैगरी महासचिवमा चक्रभूवन राई, उप–महासचिवमा मुगाधन राई र यानुकला राईलाई चयन गरिएको छ । त्यसैगरी कोषाध्यक्षमा खड्ग वहादुर राई र सह–कोषाध्यक्षमा पवन राईलाई सर्वसम्मत चयन गरिएको नवनिर्वाचित अध्यक्ष वीरकाजी साम्पाङ राईले ब्लाष्टलाई जानकारी दिए । उनले नवनिर्वाचित समितिको पहिलो वैठक तत्कालै वसेर नेपालभर छरिएर रहेका किराँत साम्पाङ राइ जुम्लेखाहरुलाई भूगौलिक अवस्थिति मिलाउँदै समितिको सदस्यमा चयन गरेर पूर्णता दिने बताएका छन् ।

निवर्तमान केन्द्रिय अध्यक्ष हरि के सम्पाङ राईको अध्यक्षतामा सम्पन्न किराँत साम्पाङ राई जुम्लेखा नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्धघाटन सत्रमा पूर्व संविधानसभा सदस्य राजकुमार राई, किराँत राई यायोखाका केन्द्रिय उपमहासचिव अर्जुन जम्नेली राई, जुम्लेखाका सल्लाहकारहरु पुर्व केन्द्रिय अध्यक्षद्धय हिकासरी राई, डि.वि.साम्पाङ राई, वीरकाजी राई, भलाकाजि राई, डा.भक्त साम्पाङ राई लगायतको उपस्थिति रहेको थियो ।  


  • Dhankutapress

थप