धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिले लिम्वुवानको पवित्रभूमी मुक्कुम्लुङ (पाथिभरा) प्रति देखिएको विववादको सम्वन्धमा गहिरो ध्यानकर्षण भएको जनाएको छ ।
फोनिजको वुधवार ताप्लेजुङको फुङ्गलिङ्ग वजारमा सम्पन्न प्रादेशिक भेला पछि जारी घोषण पत्रमा ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेजहरुको आधारमा मुक्कुम्लुङको मौलिक पहिचानलाई कायम राख्न सम्वद्ध सबै पक्षहरुले अविलम्ब साझा धारणा बनाई तत्काल दिर्घकालिन समाधान खोज्न भनिएको छ ।
साथै, घोषणा पत्रमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको ऐतिहासिक तथ्य र प्रमाणले पुष्टि भएको हुँदा इतिहास र योगदानको सम्मान गर्दै महासंघको संस्थापक अध्यक्ष श्रेष्ठलाई नै घोषणा गर्न नेपाल पत्रकार महासंघसँग विशेष माग गरिएको छ । समानुपातिक समावेशी प्रतिनिधित्व व्यवस्था अनुरुप सञ्चार ऐन, नीति, नियमावली आदि सबैमा सोही अनरुपको प्रतिनिधित्वको सुनिश्चितता गरी समावेशी सञ्चार नीति व्यवहारिक रुपमा कार्यान्वयन गरी समाचार कक्ष समावेशी बनाउनका लागि फोनिजको प्रादेशिक भेला पछि जारी घोषणापत्रमा उल्लेख छ ।
दुई दिनसम्म संचालन भएको प्रादेशिक भेलाको उद्घघाटन १ नम्वर प्रदेश सरकारका उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले गरेका थिए । फुङलिङ वजारमा सम्पन्न प्रदेशिक भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री हाङ्गामले आदिवासी जनजातिका भाषा, कला, संस्कृतिको उजागर र अधिकार स्थापनाका लागि फोनिजकर्मीहरुको महत्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा बिशिष्ठ अतिथि, फोनिज संघीय समितिका अध्यक्ष गजुरधन राईले फोनिजले आदिवासी जनजातिसँग जोडिएका सबै सवालहरुलाई जोडदार रुपमा उठाउदै आएको वताएका छन् । अध्यक्ष राईले आदिवासी जनजाति पत्रकारहरुको पेशागत सुरक्षा र क्षमता अभिबृद्धिका लागि (फोनिज) लागि परेको दावी गरे । कार्यक्रममा ताप्लेजुङको फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेन,मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङवीर हाङ्गगम, संघिय संल्लाहकार कौशल चेम्जोङ, प्रदेश सल्लाहकार विजयवोध लावती लगायतले आ–आफ्नो बिचार व्यक्त गरेका थिए ।
पर्यटकीय जिल्ला ताप्लेजुङको पर्यटन प्रबद्र्धन र प्रचार–प्रशारका लागि (फोनिज) ताप्लेजुङ शाखाको स्थानीय व्यवस्थापन तथा फोनिज १ नं.प्रदेश समितिको आयोजनामा २ दिने भेला सम्पन्न भएको फोनिज १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामाले बताए । भेलाको बन्दशत्रले फोनिज १ नं.प्रदेश समितिका अध्यक्ष सन्तवीर लामाले प्रश्तुत् गरेको संस्थागत प्रतिवेदन, कोषाध्यक्ष प्रेम देवानले प्रश्तुत् गरेको आर्थिक प्रतिवेदन र प्रदेश अन्तर्गतका जिल्ला शाखाहरुको प्रगती प्रतिवेदनलाई पारित गरेको थियो ।
फोनिज संघीय कार्य समिति अध्यक्ष गजुरधन राई, वरिष्ठ उपाध्यक्ष अमरध्वज लामा, उपाध्यक्ष कमन देवान, संघीय सल्लाहकार कौशल चेम्जोङ, प्रदेश इन्चार्ज भक्तशेर चेम्जोङ,जिल्ला अध्यक्षहरु लगायत फोनिजकर्मीहरुले ताप्लेजुङमा रहेको पवित्र आध्यात्मिक धार्मिक स्थल मुक्कुम्लुङको भ्रमण, अवलोकन समेत गरेको फोनिज १ नं.प्रदेश समिति अध्यक्ष सन्तबीर लामाले बताए । भेलाको उद्धघाटन सत्रमा ताप्लेजुङमा रहेका लिम्वुर राई, शेर्पा र गुरुङ जातिको मौलिक संस्कृतिमा आधारित नृत्य समेत प्रश्तुत् गरिएको थियो । भेलामा प्रदेश नं.१ १४ जिल्ला मध्ये ९ जिल्लाका प्रतिनिधि एवं पर्यवेक्षक, प्रदेश पदाधिकारी, एवं सदस्यहरु र संघिय प्रतिििनधहरुको उपस्थिति रहेको थियो ।
- Dhankutapress