Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

मोक्तान वंशावली दोङराप प्रतिष्ठान सुनसरीको अध्यक्षमा मान सिं

अन्तर जातिय विवाहले गर्दा भाषा, संस्कार, संस्कृति लोप हुने खतरा वढेको भन्दै चिन्ता व्यक्त

  •   ३ वर्ष अघि | २ असार २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धरान/मोक्तान वंशवली दोङराप प्रतिष्ठान सुनसरीको प्रथम जिल्ला भेलाले मान सिं मोक्तान तामाङको अध्यक्षतामा शुक्रवार ११ सदस्सीय समिति चयन गरिएको छ । 

नेपाल तामाङ घेदुङ संघिय समितिका संरक्षक सदस्य मनु मोक्तान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम सुनसरी जिल्ला भेलाले उपाध्यक्षमा जोन मोक्तान तामाङ, सचिवमा रमेश मोक्तान तामाङ, स–सचिवमा विनोद मोक्तान तामाङ र कोषाध्यक्षमा दुर्गा मोक्तान तामाङलाई चयन गरिएको छ । 

त्यसैगरी समितिको सदस्यहरुमा खेन्पो धावा झम्पल मोक्तान तामाङ, मनवहादुर मोक्तान तामाङ, पञ्चमाया मोक्तान तामाङ, बल वहादुर मोक्तान तामाङ, कुलमान मोक्तान तामाङ र विष्णु मोक्तान तामाङलाई चयन गरिएको छ । त्यसैगरी भेलाले लक्ष्मी प्रसाद मोक्तान तामाङ संयोजक रहेको तिन सदस्सीय सल्लहाकार समिति समेत चयन गरिएको छ । 

भेलाका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ सघिय समितिका प्रमुख सललाहकार एवं संरक्षक सदस्य मनु मोक्तान तामाङ मोक्तानहरुको कुलवंश संरक्षणको लागि भेला फलदायी हुने बताए । उनले कुलधर्म विग्रियो भने आफ्नो जातिको सवै अस्तित्व नास हुने वताए । विशेष गरेर अन्तर जातिय विवाहले गर्दा हरेक जातिको कुलवंश नास हुँदै गएको मोक्तानले टिप्पणी गरे । तसर्थ ः ‘अन्तर जातिय विवाह गरेर पुरातन देखि पिता पुर्खाले वचाएर ल्याएको भाषा, संस्कार, संस्कृति र धर्मको अबमुल्यन हुने हुनाले त्यसो नगर्न नयाँ पुस्तालाई आग्रह गर्दछु ।’–मोक्तानले भने । 

मोक्तान वंशवली दोङराप प्रतिष्ठान १ नम्वर प्रदेश समितिका अध्यक्ष शंकर मोक्तानको अध्यक्षतामा सम्पन्न भेलामा नेपाल तामाङ घेदुङ संघिय समितिका संरक्षक लक्ष्मण मोक्तान, सुनसरीका अध्यक्ष पृथ्पी मोक्तान, सुनसरी घेदुङका सल्लाहकार लक्ष्मी मोक्तान, खेन्पो धावा झम्पल मोक्तान, प्रतिष्ठानका उपाध्यक्ष नर वहादुर मोक्तान, सुनसरी घेदुङका सचिव मंगलसिं मोक्तान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिष्ठानले १ नम्वर प्रदेशको १४ वटै जिल्लामा मोक्तान वंशावली दोङराप जिल्ला भेला गरेर तदर्थ समिति गठन गरेको संयोजक एवं अध्यक्ष शंकर मोक्तानले बताएका छन् । उनले आगामी अशोज महिना भित्रमा मोक्तान वंशवली दोङराप प्रतिष्ठान १ नम्वर प्रदेश समितिको प्रदेश सम्मेलन गर्ने तयारी भैरहेको वताएका छन् । 


  • Dhankutapress

थप