धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका वडा नं.३ निगालेमा रहेको आठपहरिया जातिको पुजाआराधना गर्ने ऐतिहासिक (मन्दिर) मार्गाको जग्गा व्यक्तिको नाममा किर्ते गरी कायम गरेको भन्दै मालपोत कार्यालय धनकुटामा शुक्रवार उजुरी परेको छ ।
धनकुटा नगरपालिका साविक वडा नं.१ निगाले, हाल धनपा–३ मा रहेको कित्ता नं.९३ को क्षेत्रफल १५ रोपनी, २ आना, २ पैसा जग्गा स्थानिय अमर वहादुर थापाले थाहै नदिई दर्ता गरेको भन्दै मन्दिरका पुजारीले उजुरी दिएका हुन् ।
मन्दिरका पुजारी दिलकुमार राईले वि.सं.२०३० सालको सर्भे नापीमा उक्तः कित्ता नं.को उल्लेख जग्गाको फिल्डवुकमा मार्गा स्थान भनि लेखिएकोे वताए । वि.सं.२०६७ साल माघ २४ गते स्थानिय अमर वहादुर थापाले वदनियपूर्ण ढंगले गाउँलेहरुसंग सर्जिमिन मुजुल्का समेत नगरी किर्ते गरेर १५ रोपनी, २ आना, २ पैसा मार्गाको नामको जग्गा मध्येबाट १२ रोपनी, २ आना, २ पैसा जग्गा आफ्नो नाममा पास गरेको भन्दै उनी विरुद्ध राईले उजुरी दिएका छन् । थापाले कित्ता नं.९३ को १२ रोपनी, २ आना, २ पैसा जग्गा आफ्नो नाममा कित्ताकाट गरी मालपोत कार्यालय धनकुटामा ५५६ कित्ता कायम गरी पास गरेको राईले बताएका छन् । वाँकी तिन रोपनी जग्गा भने कि.नं.५५७ मा मन्दिरकै नममा छोडी दिएका छन् ।
अहिले मार्गास्थानको नाममा ३ रोपनी मात्र जग्गा रहेको देखिन्छ । यसरी मार्गा स्थानको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएकाले जग्गा नापजाँच ऐन २०१९ को दफा २ को ‘ङ’ तथा मालपोत ऐन २०३४ को दफा २ को ‘ख’ समेतको आधारमा सार्वजानिक जग्गा व्यक्तिको नाममा दर्ता गर्न नपाईने कानुनी व्यवस्था छ । निवेदक राईले भने–‘फिल्डवुकमा मार्गास्थान कायम रहेको सरकारी तथा सार्वजानिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेको पाइएकाले स्वतः कनुनी रुपमा वदर हुन्छ ।’
स्पष्ट कनुनी व्यवस्था अनुसार सर्भे नापीको समयमा फिल्ड वुकमा मार्गास्थान भनेर स्पष्ट उल्लेख भएकाले उक्त जग्गा निज अमर वहादुर थापाको नामबाट वदर गरी मार्गास्थान मन्दिरको नाममा १५ रोपनी, २ आना, २ पैसा जग्गा कायम गर्न निवेदनमा माग गरिएको छ । निवेदक राई उक्त मार्गाका पुजारी समेत हुन् ।
मालपोत कार्यालय धनकुटाका प्रमुख तारानाथ दंगालले भने– ‘वि.सं.०६५/०६७ साल तिर तत्कालिन मालपोत कार्यालय प्रमुख सुरेश थपलियाको पालामा फिल्डवुक र श्रेस्ता कायम रहेको धेरै सार्वजानिक एवं सरकारी, प्रति जग्गा व्यक्तिको नाममा गएका छन्, यस्ता जग्गा कानुनी रुपमा वदर हुनेछन् ।’ उनले धनपा–३ मा रहेको मागास्थान मन्दिरको नाममा रहेको जग्गा व्यक्तिको नाममा पास भएको पाइएको छ, यो कानुनी रुपमा अघि वढ्ने वताए । कार्यालय प्रमुख दंगालले वि.सं.०६७÷१०÷२४ गते कि.नं.९३ उल्लेख भएको मार्गाको जग्गा कि.नं.५५६ र ५५७ मा कित्ता काट गरेको पाइएको वताए । उनले कित्ता नं.५५६ मा १२ रोपनी, २ आना, २ पैसा र ५५७ कित्तामा ३ रोपनी जग्गा रजिस्ट्रर गरिएको पाइएको छ–यो वदर हुन्छ ।
उनले उजुरी परेकाले मार्गाको जग्गा पास गर्नेलाई मालापोत कार्यालयबाट तत्काल म्याद पत्र पठाएर सम्वन्धित् मान्छे वोलाएर छानविन गर्ने वताए । कार्यालय प्रमुख दंगालले भने–‘यसरी कित्ताकाट गरिएका जग्गाहरु अहिलेसम्म कहाँ, कहाँ पुगेका छन्, हेरेर तत्काल सवैलाई म्याद पत्र पठाउने छु ।’ धनकुटा नगर क्षेत्रमा आठपहरिया जातिको वसोवास र सधनताको आधारमा वाहुल्यता रहेको छ भने जनसंख्या पनि उनीहरुकै वढी रहेको छ । किराँत आठपहरिया समाजका जिल्ला अध्यक्ष अष्ट वहादुर छोङ्गदेनले धनकुटा नगर क्षेत्रमा २८ वटा भन्दा पनि वढी मार्गास्थानहरु रहेको वताएका छन् । उनले अरु मार्गास्थानहरु पनि व्याक्तिले अतिक्रमण गरेका छन् कि भन्ने गम्भिर शंका उत्पन्न भएकाले संस्थाले तत्काल सवै मार्गाहरुको जग्गा फिल्डमा र मालपोत कार्यालयमा अनुगमन गर्ने वताए ।

जग्गा धनि भनिएका अमर वहादुर थापाका छोरा रिद्ध वहादुर थापाकानुसार स्व.बुबाले वि.सं.२०१८ सालमा आमा विवाहा गर्नु भन्दा पहिले वि.सं.२०१४/०१५ सालमै जग्गा किनेको दावी गरे । उनले भने–वुवाले शुरुमा आठपहरियाहरुको मार्गाको लागि मौखिक रुपमा जग्गा दिएका थिए । पछि वि.सं.०२१ सालमा मार्गाको नाममा ३ रोपनी जग्गा पास गरेर दिएको तर, पुरै कित्ता १५ रोपनी नै पास भएर गएको थियो । थापाले पुनः ०६७ सालमा छुट जग्गा दर्ता खुलेको वेला पुनः वुवाले मार्गाको नाममा गएको जग्गा १५ रोपनी, २ आना, २ पैसा जग्गा मध्ये ३ रोपनी मार्गाकै नाममा छोडेर १२ रोपनी, २ आना, २ पैसा आफ्नो नाममा ल्याएको वताए । अहिले पनि उक्त जग्गा वुवा कै नाममा रहेको छोरा रिद्धले दावी गरेका छन् ।

- Dhankutapress