Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

१ नम्वर प्रदेशको नाम ऐतिहाशिक पृष्ठभूमिको आधारमा पुनः नामंकन हुनु पर्छ–अध्यक्ष रेख वहादुर घिसिङ

तामाङ समुदायलाई उत्पादन र रोजगारीसँग जोड्नु पर्नेमा जोड

  •   ३ वर्ष अघि | २७ बैशाख २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन 

चैनपुर/नेपाल तामाङ घेदुङ १ नम्वर प्रदेश समितिका अध्यक्ष रेखवहादुर घिसिङ तामाङले १ नम्वर प्रदेशको नाम कोशी खारेज गरेर पुनः नामंकन गर्नु पर्ने वताएका छन् । उनले प्रदेश नं.१ को सरकारले सुनियोजित र षडयन्त्रपूर्ण ढंगले प्रदेशसभा सदस्यहरुलाई वन्धक वनाएर कोशी प्रदेश नाम जर्वजस्ती ढंगले राखेको भन्दै तत्काल खारेज गुनु पर्नेमा जोड दिएका हुन् ।

उनले नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति संखुवासभाको सातौं जिल्ला अधिवेशनको उद्धघाटन सत्रलाई चयनपुर नगरपलिकाको कोक्सामा सम्वोधन गर्दै यस्तो जोड दिएका हुन् । उनले १ नम्वर प्रदेशको नाम ऐतिहाशिक पृष्ठभूमि र पहिचानको आधारमा पुनः प्रदेशको नाम राख्नु पर्नेमा जोड दिए । 

गएको ०७९ फागुण १७ गते पछि निरन्तर १ नम्वर प्रदेशमा प्रदेशको नामंकन विरुद्ध आन्दोलन भैरहेको स्मरण गर्दै अध्यक्ष तामाङले भने–‘कोशी प्रदेश खारेज नहुन्जेलसम्म निरन्तर आन्दोलन चलिरहनेछ ।’ अध्यक्ष तामाङले भने–’ पहिचानको आन्दालनमा १ नम्वर प्रदेशका तामाङहरुको साथ रहनेछ । प्रदेश घेदुङको तर्फबाट १४ वटै जिल्लाका तामाङहरुलाई पहिचानको आन्दोलनमा जुट्न आग्रह गर्दछु ।’ 

 तामाङ भाषा, लिपी, धर्म, संस्कृतिको लागि स्थानीय सरकारबो ध्यानाकर्षण गराऔं, ताम्सालिङ निर्माणका लागि गाउँगाउँबाट जनदबाब सिर्जना गरौं भन्ने मुल नाराकासाथ सातौ जिल्ला अधिवेशन सम्पन्न भएको हो । शनिबार चैनपुर नगरपालिका वडा ४ कोक्सा डाँडामा सम्पन्न अधिवेशनले काजी तामाङको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसहमत चयन गरेको छ । समितिको उपाध्यक्षमा पदम बहादुर तामाङ, महिला उपाध्यक्षमा आसु तामाङ, सचिवमा राजेश तामाङ, कोषाध्यक्षमा झलकमान तामाङ र उप–सचिवमा स्वागत तामाङ चयन भएका छन् ।

घेदुङका पुर्व अध्यक्ष गणेश स्याङ्गवो तामाङको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा  नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य धन बहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो । तामाङ जातिको संस्कार, संस्कृति संरक्षण मात्र नभई व्यवसाय, उत्पादन र रोजगारीको लागि सबै तहको सरकारले ध्यान दिनु पर्नेमा अतिथिहरुको जोड रहको थियो।

  • Dhankutapress

थप