धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/प्रदेश सभा सदस्य एवं पुर्व आर्थिक मामिला तथा योजना राज्य मन्त्री निरेन राईले धनकुटा नगरपालिका वडा नं.४ मा निर्माणधिन गुम्वालाई १५ लाख रुपयाँ उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाले ह्रिन्छेन छ्योलिङ गुम्वामा २८६० डुक ल्हो (मुपुख्री सर्प बर्ग) सोनाम ल्होछार नयाँ वर्षको अवसरमा सनिबार आयोजना गरेको शुभकामना आदन–प्रदान तथा विविध साँस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सभा सदस्य राईले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रालाई सम्वोधन गर्दै प्रदेश माननिय राईले भने–‘धनकुटा नगरको मुख्य आकर्षणको रुपमा निर्माण भैरहेको गुम्वालाई चालु वर्षमा जसरी भए पनि १५ लाख रुपयाँ उपलव्ध गराउँछु ।’ आफूले अघिल्लो वर्ष गुम्वाको छैठौं वार्षिक साधरणसभामा बोलेको पनि थिए, १५ लाख रुपयाँ दिन्छु भनेर तर, त्यो पैसा आउन सकेन चालु वर्ष मै काम हुने गरी फेरी वजेट उपलव्ध गराउँछु । उनले गुम्वाले वेलावेला आयोजना गर्ने यस्ता खाले धार्मिक एवं साँस्कृतिक कार्यक्रमले नयाँ सोचँ र योजना बनाउन मद्धत पु¥याउने भन्दै सोनाम ल्होछारको शुभकानमा दिए ।
त्यसैगरी धनकुटा नगरपालिका वडा नं.४ का वडाध्यक्ष जम्शेर राईले निर्माण भैरहेको गुम्वाको निर्माण कार्य सम्पन्न भएर संचालनमा आउँदा धनकुटालाई नै फाईदा पुग्ने वताए । उनले गुम्वा निमार्णको लागि वडा, नगर, प्रदेश सरकारबाट भएको अहिलेसम्मको लगानीले गुम्वा निर्माणको काम पूरा हुन नसकेको हुँदा थप वजेटको लागि पहल गर्ने वताए । नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका पुर्व अध्यक्ष एवं समाजवादी मोर्चा धनकुटाका अध्यक्ष पार्वती राईले आदिवासी जनजाजातिहरु मथि राज्यले विभेद गरिरहेको वताए । उनले राज्यद्धारा संरक्षित मठमन्दिरमा चाँही सुनको जल्हरी लाउनु पर्ने हाम्रो गुम्वा, माङ्गहिम वनाउनलाई चाँही जहिल्यै वजेटको अभाव झेलीरहनु पर्ने भन्दै प्रतिप्रश्न गरे । उनले नेपालका आदिवासी जनजाति भनेको राज्यको लागि समश्या नभएर राज्यको सम्पती भएको ठोकुवा गरे । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले राज्य भनेको कुनै एउटा भूगोल मात्र नभै, जाति विशेष मात्र पनि नभै, राज्य भनेको त्याहाँ रहेको सम्पूर्ण जातजाति, भाषा, भाषीको संस्कार, संस्कृतिको संयुक्त दस्तावेज भनेको राज्य भएको वताए ।
शुभकामना आदन प्रदान कार्यक्रममा वोल्ने वक्ताहरुले धनकुटाको भोटे चौतारमा निर्माण भै रहेको गुम्वा यहाँको गहनाको रुपमा स्थापित हुनेमा आफुहरु विश्वस्त रहेको बताएका छन् । नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाका अध्यक्ष कुल वहादुर तितुङ तामाङको अध्यक्षतामा सम्पन्न शुभकामना आदन प्रदान कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राई, नेपाल तामाङ घेदुङका संघीय सदस्य विष्णु मोक्तान, समाजसेवी चेतनाथ वाग्ले, किराँत राई यायोखा धनकुटाका अध्यक्ष उद्धवमणी राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा धनकुटा स्थित् हाम्रो डान्स सेन्टरका स्थानिय कलाकारहरुले तामाङ संस्कृतिमा आधारित डम्फू सेलोमा एक दर्जन भन्दा वढी नृत्य प्रश्तुत् गरेका थिए । कार्यक्रममा हाम्रो डान्स सेन्टर धनकुटाका नृत्य निर्देशक सन्तवीर तामाङ सहित ‘जुम्वा आमा पार्टी’ सहित दुई दर्जन स्थानिय कलाकारको उपस्थिति रहेको थियो । सो अवसरमा डान्स सेन्टरका संचालक एवं नृत्य निर्देशक सन्तवीर तामाङलाई खदा लागाएर सम्मान गरिएको थियो । उनलाई कार्यक्रम आयोजक संस्थाको तर्फबाट सम्मान गरिएको हो । उनलाई जिल्ला समन्वय प्रमुख निरेन तामाङ्गले खदा ओडाएर सम्मान गरेका थिए ।
कार्यक्रममा हिलेबाट आउनु भएका डम्फूरे मेमेहरु तम्वासंघ धनकुटाका पुर्व अध्यक्ष गंगावहादुर तितुङ, जिल्ला सदस्य पदमसिं तामाङ, बवी घिसिङ, जीतवहादुर वम्जन लगायतले डम्फु सेलोमा साङ्गसेर्गेम गरेका थिए । उनीहरुले प्रश्तुतिमा नयाँ वर्षको स्वागत गर्दै डुक ल्हो मुपुख्री वर्गले सम्पुर्ण पृथ्वीमा रहेको प्राणी जगतको भलाई र शान्तीको कामना समेत गरेका थिए ।
कार्यक्रममा धनकुटा नगरपालिका भित्रका विभिन्न वडामा वसोवास गर्ने तामाङ, गैह्र तामाङ दाजु भाई तथा दिदिवहिनीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन नगर घेदुङका सदस्य पेमा ग्लान तामाङले गरेका थिए । आयोजित कार्यक्रममा श्री हिन्छेन छ्योलिङ गुम्वा व्यवस्थापन समितिका सचिव सन्तवीर लामाले छैठौं साधरणमा हालसम्म भइरहेको गुम्वाको भौतिक प्रगतीको वारेमा जानकारी गराएका थिए भने कोषाध्यक्ष निमडोमा तामाङले आ.व.०७९÷०८० मा गुम्वालाई प्राप्त १८ लाख, ७३ हजार, ८ सय ८२ बराबरको प्राप्ती भूक्तानी विवरण सुनाउँदै १७ लाख, ३९ हजार, ९ सय ५ बरावरको आय–व्यय प्रश्तुत् गरेका थिए ।
त्यसैगरी धनकुटाको उत्तरपानी, धर्मशाला र हिले लगायत जिल्लाको विभिन्न स्थानमा पनि सोनाम लहोछारको अवसरमा विविध सास्कृतिक कायृक्रम सम्पन्न भएको नेपाल तामाङ धनकुटाले जनाएको छ ।
- Dhankutapress