Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

किराँत धर्मगुरु लिङ्गदेनको दर्शन गर्न लारुम्बा पुगे धनकुटाका चेम्जोङ

  •   ४ वर्ष अघि | २७ कार्तिक २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

माङ्सेबुङ/किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनसँग आशीर्वाद माग्न र भेटदर्शन गर्न जनता समाजवादी पार्टी नेपालका नेताहरु आइतवार गुरु दर्शनमा आएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै निर्वाचनका उम्मेदवार र राजनीतिक दलका नेताहरु निजी गुरु आश्रम इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५, लारुम्बामा पुगी गुरु समक्ष आशीर्वाद लिने र आफ्नो प्रतिबद्धताहरु जाहेर गर्ने कार्यक्रम हुँदै आएको छ ।

यसरी विभिन्न दलका नेताहरु गुरु दर्शन आउने क्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा धनकुटा क्षेत्र नंं १ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार रकम चेम्जोङ, इलाम क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य उम्मेदवार यामप्रसाद योङहाङ, इलाम क्षेत्र नंं २ (ख) प्रदेश सभा सदस्य उम्मेदवार बलबहादुर आङदेम्बे लगायतका नेता कार्यकर्ताहरु किरात धर्मगुरुसँग भेटदर्शन गरी आशीर्वाद लिन आश्रम पुगेका हुन ।

यसरी सम्पन्न गुरु दर्शनमा आएका नेताहरुलाई अङसीमाङले भाषा, लिपि र अस्तित्वको लागि विशेष पहल गर्न र यसका लागि निरन्तर लाग्न आग्रह गरे। दर्शनमा आएका जसपा नेता तथा पूर्व मन्त्री रकम चेम्जोङले प्रदेश नामाकरण, स्वयत्तता, विशेष संरक्षित क्षेत्र स्थापना र भाषा आयोगले सिफारिस गरेको लिम्बू र मैथिली भाषालाई प्रदेश स्तरीय सरकारी कामकाजी भाषा बनाउने विषयमा पहल गर्ने कुरा गुरु समक्ष व्यक्त गरेका छन्।

यसरी निर्वाचन नजिकिएसँगै गुरु दर्शन गरी आशीर्वाद माग्न आउने क्रममा यसै इलाम क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमाले संसदीय दलका उप नेता संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङ, यसै क्षेत्रकै प्रतिनिधि सभा सदस्य उम्मेदवार डम्बर खड्का, इलाम क्षेत्र नम्बर २ ख प्रदेश सभाका उम्मेदवारहरु हर्कबहादुर लावती ‘कान्छा’, राम राना मगर, स्वतन्त्र उम्मेदवार वनेम विक्रम फागो, प्रतिनिधि सभाका उम्मेदवार जुनुकुमारी माखिम लगायतका उम्मेदवारले किरात धर्मगुरुसँग भेटदर्शन गरी आशीर्वाद लिएका छन् ।

सदा अतिथि निमन्त्रणा गर्दा बाहेक नेताहरुको आवतजावत विरलै मात्र हुने माङसेबुङमा आम निर्वाचनको मिति नजिकिएसँगै गुरु भेट तथा दर्शनका लागि राजनीतिक दलका नेताहरुको आगमन दैनिक जसो हुन थालेको हो ।

यसरी गुरु दर्शनका लागि नेकपा एमाले, नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी नेपाल,एकिकृत समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी,संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च,लोकतान्त्रिक समाजवादी पार्टी लगायत राजनीतिक दलका उम्मेदवारहरु साथै स्वतन्त्र उम्मेदवारहरु पनि गुरु दर्शनमा आउने क्रम जारी रहेको छ ।



  • Dhankutapress

थप