Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

गुरु षडानन्द अधिकारीको १८९ औं जन्म जयन्तीमा धनमाया स्फुटकाव्य विमोचन

  •   ३ वर्ष अघि | १ पुस २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

भोजपुर/गुरु षडानन्द अधिकारीको १८९ औं जन्म जयन्तीको अवसरमा धनमाया स्फुटकाव्य विमोचन भएको छ । जन्म जयन्ती कार्यक्रममा सार्दुल विक्रिडीत छन्दमा हेमराज गुरागाँईद्धारा लिखित धनमाया स्फुटकाव्य षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले विमोचन गरेका हुन् ।

कार्यक्रममा वोधन दर्जी र धनमाया दमिनीको सन्ततीहरुद्धारा निर्मित धनमाया प्रतिठानद्धारा प्रकाशित हेमराज गुरागाँई (भावुक) को धनमाया स्फुटकाव्यको विमोचन भएको हो । षडानन्द अधिकारी सानैमा टुहुरो भएको कारण पालन–पोषण संगै आमाको दुध नआउँदा वोधन दर्जीको श्रीमती धनमाया दमाईले दुध चुसाएर अधिकारीलाई हुर्काउन सहयोग गरेका थिए । ब्राम्हणको छोरा पढेर सेवा गर्नु भनी पढ्नको लागि समेत प्रोत्साहन दिएकी धनमाया दमिनीको नाममा धनमाया स्फुटकाव्य विमोचन गरिएको धनमाया प्रतिष्ठानका अध्यक्ष हरि भित्रिकोटीले जानकारी दिएका छन् । 

स्फुटकाव्यको व्याख्य मकालु साहित्यीक समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीले गरेका थिए भने समिक्षा प्रगतिशिल लेखक कोशी प्रदेशका सचिव राजेन्द्र सर्वहाराले गरेका थिए ।

  • Dhankutapress

थप