Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

खोटाङमा गोरु काटेर गाउँलेलाई खुवाएको भन्दै चार जना पक्राउ

  •   ३ वर्ष अघि | ९ असोज २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

खोटाङ/खोटाङमा गोरु काटेर गाउँलेलाई सामुहिक भोज खुवाउने कार्यक्रमा संलग्न भएको भन्दै प्रहरीले मंगलबार चार जनालाई पक्राउ गरेको छ । 

गाउँलेलाई गोरु काटेर खान र खुवाउन संलग्न भएको भन्दै प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा गाउँका अन्दाजी ४५ वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय टिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङलाई पक्राउ गरेको हो । जालपा गाउँको मसानेडाँडामा चौंरमा गोरु काटेर स्थानीयलाई भेला गरेर भोज खाएर खुवाएको अभियोगमा चार जनालाई मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक टिकाराज बरालले बताएका छन् । 

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी (एमएनओ) का कार्यकर्ताले ‘मुलबासी मंगोल वहुसाँस्कृतिक क्रान्ती अभियान’लाई निरन्तरता दिने भन्दै असोज ८ गते गोरु काटेर भोज खुवाएका थिए । गोरु काट्नमा सहयोग गर्ने, गोरु काटेको, भोज खाँदै गरेको भिडियो शेयर गर्ने लगायतका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमध्ये तेजबहादुर टोल बिकास संस्थाको अध्यक्ष हुन् । 

गोरु काटेर खान बोलाएपछि स्थानीय गाउँले सहित मसानेडाँडा पुगेको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए । मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका टंकबहादुर मगरका अनुसार फुटेर गएको बिरलाल राई र जीवन मंगोल राई पक्षको मङ्गोल नेसनल अर्गनाइजेसन (डिजिजि) समुहले गोरु काट्ने अगुवाई गरेका हुन् । गोरु काट्नमा अगुवाई गर्ने पक्षलाई छाडेर सामान्य सहयोगी भूमीका निभाउने र भोजमा गएर मासु खाने स्थानीयलाई पक्राउ गरिएको भन्दै वडाध्यक्ष राईले प्रहरी प्रशासनसंग गुनासो गरेका छन् ।

  • Dhankutapress

थप