Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

संस्कार, संस्कृति नयाँ पुस्तालाई सिकाउँदै तामाङ घेदुङ गाउँगाउँमा

बेलहरा घेदुङले मनायो सोनाम ल्होछार

  •   ५ महिना अघि | ७ फाल्गुन २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/ल्होछार पर्वको अवसर पारेर तामाङ संस्कार, संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाले गाउँगाउँमा अभियान संचालन गरिरहेको सोमवार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नेपाल तामाङ घेदुङ धनकुटा न.पा.वडा नं.९, इकाइ समितिले सोमवार बेलहरामा आयोजना गरेको ल्होछार विशेष कार्यक्रममा यस्तो जानकारी दिइएको हो । सोनाम ल्होछार नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदन प्रदान तथा विविध साँस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै वक्ताहरुले हराउँदै गएको संस्कार  संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने वताएका हुन् । 

सो कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल तामाङ घेदुङ संघीय समितिका सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि विष्णु मोक्तान तामाङले ल्होछार संस्कार संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण आजको आवश्याक्ता रहेको बताए । उनले नयाँ पुस्तामा हराउँदै गएको तामाङ संस्कार, संस्कृतिलाई तामाङ गाउँघरमा स्थापित गर्न र नयाँ पुस्तालाई साँस्कृतिक जागरण ल्याउन ल्होछार कार्यक्रमले सहयोग पुग्ने बताए । 

नेपाल तामाङ घेदुङ धनकुटा न.पा. वडा नं.९ इकाई समिति वेलहराले आयोजना गरेको २८६० डुक ल्हो सोनाम ल्होछार नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदन प्रदान तथा विविध साँस्कृतिक कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेशका अध्यक्ष सन्तवीर लामा, जिल्ला घेदुङ धनकुटाका सह–सचिव सन्तोष तितुङ, नगर घेदुङ धनकुटाका अध्यक्ष कुल वहादुर तितुङ तामाङ लगायतले सम्वोधन गरेका थिए । उनीहरुले ल्होछार पर्व अबको दिनमा गुम्वा, डाँडा, चौरीमा मात्र नभएर हरेक तामाङको घरघरमा मनाउनु पर्नेमा जोड दिएका थिए । 

कार्यक्रम नेपाल तामाङ घेदुङ धनकुटा न.पा. वडा नं.९ इकाई समिति वेलहराका अध्यक्ष पालाङ्ग दोर्जे तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा तामाङ कलाकारहरुले डम्फू सेलोमा दर्जन वढी नृत्य प्रश्तुत् गरेका थिए भने तम्वा मेमेहरुले डम्फू बजाएर साङ्गसेर्गेम गरेका थिए ।   


  • Dhankutapress

थप