धनकुटा
प्रेस अनलाईन सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका वडा नं.५ मा रहेको गर्गाचार्य सामुदायीक विश्वभाषा पुस्तकालयले १२ औं वार्षिकोत्सव तथा साधारणसभाको अवसर पारेर विभिन्न विद्याका ५ जना स्रष्टालाई सनिवार एक भव्य समारोहको विच सम्मान गरेको छ ।
प्रमुख अतिथि साहित्यकार दधिराज सुवेदीले कार्यक्रमको उद्धघाटन गर्दै भने–‘धेरथोेर सम्पति सवैसंग हुन्छ, भएको सम्पतिलाई कसरी सदुपयोग गर्ने भन्ने पाठ विश्वभाषा पुस्तकालय धनकुटाका टीका प्रसाद लामीछानेबाट सिक्नु पर्छ ।’ उनले थपे–‘जीवन धिपधिप हुँदा पनि लामीछाले जीवनभर कमाएको सम्पति लगानी गरेर धनकुटाको समाजको लागि पुस्तकालय खोलेर उदाहरणिय काम गरेका छन् ।’ ’८४ वर्षको उमेर पनि धनकुटामा पुस्तकालय रुङेर वस्नु भनेको सिङ्गो समाजको लागि अतुलनिय योगदान रहेको छ‘–सुवेदीले थपे ।
कार्यक्रमका विशेष अतिथि प्रा.डा. टंंङ्गक
न्यौपानेले भाषा साहित्यको विकास
उन्नती गर्न धनकुटा उर्वरभूमि
भएको वताए । उनले
भने–’मैले धनकुटामा मात्र
वसोवास रहेको आठपहरिया जातिको भाषामा पिएचडी गर्दा जीवनमा ठूलो सहयोग पाएको
छु ।’ उनले पुस्तकालयको
संरक्षक टीका प्रसाद लामिछानेको
उर्जालाई सम्मान गर्दै ८४ औं वर्ष
पुगेको जन्मदिनको उलक्ष्यमा शुभकामना व्यक्त गरे ।
सो अवसरमा गर्गाचार्य
सामुदायीक विश्वभाषा पुस्तकालयले १२ औं बार्षिक
उत्सव तथा साधारण सभामा
भाषा, साहित्य, कला, संस्कृति र
समाज सेवामा योगदान दिएका विभिन्न विधाका व्यक्ति एवं संस्थालाई सम्मान
तथा पुरस्कार वितरण गरेको छ । कार्यक्रममा
गर्गश्री सम्मान तथा पुरस्कार भोजपुरको
दिङ्गला स्थित् षडानन्द माविलाई प्रदान गरिएको छ । त्यस्तैगरी
मधुश्री विशिष्ट साहित्य पुरस्कार बागलुङका काजी रोशन, कृष्णकुमारी
बेणीमाधव समाजसेवा पुरस्कार उर्लावारी–५ मोरङका मानबहादुर
फागोलाई प्रदान गरिएको छ । त्यसैगरी
गंगाराम भ्रदशीला स्मृति पुरस्कार मोरङका नगेन्द्र पराशर, भाष्कर लामिछाने लोक संस्कृति पुरस्कार
संखुवासभाका यूवा लोक गायक
कमलीकान्त भेटुवाललाई प्रदान गरिएको छ । गर्गश्री
सम्मानमा नगद १० हजार
१ सय ११, मधुश्री
विशिष्ट साहित्य पुरस्कारमा नगद १५ हजार
१ सय ११ रहेको
छ । अन्य तिन
विधामा भने जनही नगद
११ हजार १ सय
११ रुपैयाँ प्रदान गरिएको छ ।
सो अवसरमा पुस्तकालयका
संरक्षक टिकाप्रसाद लामिछानेले नेपालीमा अनुवाद गरेकोे ‘श्रीमदभागवत गीता’ र धनकुटा तेलियाका
कवि भोलानाथ घिमिरेको ‘सुपुत्रको खोजी’ कविता संग्रह लोकार्पण गरिएको थियो । प्रमुख
अतिथि साहित्यकार दधिराज सुवेदी, विशिष्ट अतिथि प्रा.डा. टंङ्गक
न्यौपाने, प्रा.डा. गोपाल
भण्डारी, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्राज्ञ विवश पोख्रेल, प्राध्यापक
कविराज न्यौपाने लगायतले पुस्तकको लोकार्पण गरेका थिए । त्यसैगरी
‘श्रीमदभागवत गीता’ को प्रा.डा.गोपाल भण्डारी र साहित्यकार एवं
सम्मानित व्यक्तित्व नरेन्द्र पराशरले टिप्पणी गरेका थिए । कवि
भोला घिमिरेको ‘सुपुत्रको खोजी’ कविता संग्रहको टिप्पणी भने धनकुटा वहुमुखी
क्याम्पसका प्रा.डा.यज्ञ
प्रसाद गुरागाँईले गरेका थिए ।
पुस्तकालयका संरक्षक टीकाप्रसाद लामिछानेको ८४ औं जन्मजयन्ती पनि आजै
यस्तैगरी पुस्तकालयका संस्थापक तथा संरक्षक टीकाप्रसाद
लामिछाने र पुण्यप्रभा लामिछानेलाई
पनि संस्थाको तर्फबाट सम्मान गरिएको छ
।संरक्षक लामिछानेको ८४ औं जन्म
जयन्ती समेत सो अवसरमा
मनाईएको छ । कार्यक्रमा
संस्थाका कोषाध्यक्ष सुमना तिम्सिनाले आर्थिक प्रतिवेदन प्रश्तुत् गरेका थिए । पुस्तकालयका
अध्यक्ष घनश्याम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित एवं पुरस्कृत हुनेहरुलाई
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार दधिराज सुवेदी, विशिष्ट अतिथि प्रा.डा. टंङ्गक
न्यौपाने, प्रा.डा. गोपाल
भण्डारी, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्राज्ञ विवश पोख्रेल, प्राध्यापक
विकराज न्यौपाने लगायतले दोसल्ला, सम्मान पत्र र नगद
प्रदान गरेर सम्मान गरेका
थिए ।
सो अवसरमा प्रदेश
नं.१ को विभिन्न
जिल्लाबाट कार्यक्रममा सहभागी साहित्यिक स्रस्टाहरुले आ–आफ्नो रचना
वाचन गरेका थिए । प्राज्ञ
विवस पोख्रेल, साहित्यकारहरु मधुसुधन पोख्रेल, राधिका गुरागाँई, सरला चापागाँई, प्रमोद
ढकाल, चिनु काफ्ले, मञ्जुश्री
गिरी, हरि कट्टेल,गजेन्द्र
घिमिरे, चूडामणी नेपाल लगायतले आ–आफ्नो रचना
वचान गर्दै साधरणसभाको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । लोक
गायक कमलीकान्त भेटुवालले भने ‘घोर्ली बाख्रो
खोई’ भन्ने बोलको लोकगीत गाएर सहभागीलाई नचाएका
थिए । कार्यक्रमको संचालन
महासचिव मुकुन्द प्रयासले गरेका थिए ।
धनकुटा नगरपालिका वडा नं. ५ देवानटारमा रहेको पुस्तकालयको स्थापना वि.सं.२०६८ सालमा संरक्षक टीका प्रसाद लामिछानेले गरेका हुन् । पुस्तकालयमा लामिछानेले २ करोड भन्दा माथि लगानी गरेका छन् । स्थानिय र प्रदेश सरकारको पनि पुस्तकालयमा सहयोग रहेको छ । कार्यक्रममा स्वागत मन्तव्य पुस्तकालयका उपाध्यक्ष यज्ञ प्रकास चापागाँईले राखेका थिए भने संचालन महासचिव मुकुन्द प्रयासले गरेका थिए ।
अन्य तस्विरहरु :





- Dhankutapress