धनकुटा प्रेस सम्वाददाता
धनकुटा/दुर्गा लक्ष्मी परोपकार संस्था धनकुटाले आफ्नै लगानीमा आसन्न गाईजात्रामा प्रयोग गरिने गाईको मुकुट (साःख्वापा) निर्माण गर्ने २ दिने तालिम धनकुटा–४ मा सनिवार देखी शुरु गरेको छ ।
युवा पुस्तामा (साःख्वापा) गाईजात्रामा लगाउने गाईको मुकुट वनाउने चलन हराउँदै गएकाले स्थापित गराउने उदेश्यले दुर्गा लक्ष्मी परोपकार संस्थाले निःशुल्क २ दिने तालिम आयोजना गरेको हो । तालिमको धनकुटा नगरपालिकाको प्रमुख चिन्तन तामाङले समुद्धघाटन गरे । उनले हरेक जातिले आ–आफ्नो भाषा, संस्कार, संस्कृतिको संरक्षण गर्नु पर्नेमा जोड दिदै नगरपालिका सहयोग गर्न तयार रहेको वताए । परोपकार संस्थाले नेवारी समुदायको संस्कृति गाई जात्रामा लगाउने मुकुट वनाउने तालिम युवा पुस्तामा हराउँदै गएको प्रति चिन्ता व्यक्त गर्दै तालिम आयोजना गर्नु आफैमा राम्रो विषय भएको प्रमुख तामाङले बताए ।
दुर्गा लक्ष्मी परोपकार संस्थाका केन्द्रिय सदस्य महेष श्रेष्ठ स्वागत मन्तव्य व्यक्त गर्दै ।
दुर्गा लक्ष्मी परोपकार संस्था धनकुटाका अध्यक्ष सरस्ती श्रेष्ठको अध्यक्षतमा सम्पन्न २ दिने (साःख्वापा) गाईको मुकुट लगाउने तालिममा नेवाः देय् दवूका पुर्व केन्द्रिय उपाध्यक्ष नविन किशोर शाक्य, नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका सचिव एवं नेवाःदेय् दबू धनकुटा जिल्ला अध्यक्ष श्रीकृष्ण प्रधान, नगर महासंघका अध्यक्ष रविन खड्गी, दुर्गा लक्ष्मी परोपकार संस्थाका केन्द्रिय सदस्यहरु लिला श्रेष्ठ, महेष प्रसाद श्रेष्ठ, पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, नागरिक समाजका अध्यक्ष सुन्दरवावु श्रेष्ठ लगायतले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए । उनीहरुले नेवारी समुदायको संस्कृति र पहिचान जोगाउन दुर्गा लक्ष्मी परोपकार संस्था धनकुटाले ठूलो योगदान गरेको चर्चा गरे ।
तालिम उद्धघाटन सत्रमा सहभागी नेवारी समुदायका दाजुभाई तथा दिदिवहिनीहरु ।
पहिला पहिला वाँसको चोयाको मोहोलामा श्रृंगारको सामाग्रीले सजाएर साःख्वापा वनाउने प्रचलन थियो भने हिजोआज कागज वा कार्टनको वनाउने चलन छ । नेवारी भाषामा गाईको मुकुटलाई साःख्वापा भन्ने गरिन्छ । यो वर्ष स्वर्गारोहण भएको हरेक घरवाट गाईजात्रा निकाल्दा एक÷एक जोर साःख्वापा लगाएर वजार परिक्रमा गर्ने परम्परा छ । यो परम्परा राजा प्रताप मल्लको पालादेखी शुरु भएको वताइन्छ । दुई दिने तालिमको सहजीकरण मुर्तिकार एवं वरिष्ठ चित्रकार श्रीकृष्ण जोशि र समासेवी कल्पता श्रेष्ठले गरिरहेका छन् । तालिममा धनकुटा–४ देव्रेवासका २५ जना नेवारी समुदायका युवा पस्ताले भाग लिईरहेको दुर्गा लक्ष्मी परोपकार संस्थाका सचिव कमल श्रेष्ठले वताए ।
- Dhankutapress