Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा ओम ध्यान ज्ञान केन्द्रको स्थापना

  •   ३ वर्ष अघि | १६ असोज २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका वडा नं.७ स्थित् परिचयमोडमा ॐ ज्ञान ध्यान केन्द्रको स्थापना गरिएको छ । 

केन्द्रको श्री विभूषीत महामण्डलेश्वर स्वामी हेमानन्द गीरी जी महाराजको चरणकमलद्धारा गरिएको केन्द्रका संचालक सरोज श्रेष्ठले बताए । उनले केन्द्रको मुख्य उदेश्य भनेको ॐ ज्ञान ध्यानद्धारा आफ्नो सम्पूर्ण आध्यात्मको जानकारी लिई जीवन सफल वनाउने रेहको बताए । साथै, ॐ को महत्व, महीमा र अर्थको सही जानकारी लिने रहेको पनि उनले स्पष्ट पारेका छन् । 

ॐ को सिमरण ध्यानद्धारा आफ्नो शरिरमा रहेको विकार हट्नुको साथै निर्विकारी बनि भोली आउने सत्य यूगमा आफ्नो स्थान सूरक्षीत गर्न मद्धत मिल्ने संचालक श्रेष्ठको भनाई छ । अहिलेको विश्व परिस्थितिमा ज्ञान, ध्यानको कमिले पाँच विकारमा मानव जीवन जकडिएको वताउँदै श्रेष्ठले भने–‘यदि ज्ञान, ध्यान नियमीत गरे तमाम् मनुश्य जीवनको विकार मुक्त हुनेछ ।’ 

हरेक दिन आफूले ध्यान गर्ने गरेको वताउँदै श्रेष्ठले थपे–‘जब मान्छे मानव, महामानब, महात्मा, देवात्मा भै पूजनीय हुनेछ तबमात्र मनूश्य जीवन विकारमुक्त हुनेछ ।’ उनको भनाईमा–‘अहिलेको विश्व परिवेशमा ज्ञान, ध्यानको सवै भन्दा वढी जरुरत रहेको छ । यस्मा हरेक मानव निपूर्ण भएमा कलियूगको अन्त्य हुनेछ । तत् पश्चात सत्ययूगी सृष्टिको स्थापना भई सम्पूर्ण मानवलाई आईलाग्ने दुःखको अन्त्य भएर हरेक मानवको सुखैसुखसंग जीवन यापन हुनेछ ।’


  • Dhankutapress

थप