धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
दमक/मोक्तान धोङ्गह्राप प्रतिष्ठान नेपाल झापा जिल्लाको मंगलवार सम्पन्न प्रथम जिल्ला अधिवेशनले चित्र वहादुर मोक्तान तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
मोक्तान धोङ्गह्राप प्रतिष्ठान नेपाल १ नम्वर प्रदेसका अध्यक्ष शंकर मोक्तान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम भेलाले उपाध्यक्षमा दिपक मोक्तान, डिके मोक्तान, सचिवमा पासाङ मोक्तान, सह–सचिवमा बसन्त मोक्तान र कोषाध्यक्षमा तारा मोक्तानलाई चयन गरिएको छ ।
उनान्तिस सदस्यीय मोक्तान धोङ्गह्राप प्रतिष्ठान झापाको जिल्ला समितिको सदस्यहरुमा आईतराम मोक्तान, पुष्प वहादुर मोक्तान, यम वहादुर मोक्तान (ए), भरत मोक्तान, सरोज मोक्तान, जय मोक्तान, राम मोक्तान, यम वहादुर मोक्तान (वि), ओम मोक्तान, जस कुमार मोक्तान, विनोद मोक्तान, शंकर मोक्तान, जितेन मोक्तान, सुवास मोक्तान (ए), रोशन मोक्तान, सुवास मोक्तान (वि), मोनिका मोक्तान, वुद्ध मोक्तान र कुमार मोक्तान रहेका छन् ।
प्रतिष्ठानको सल्लाहकार समितिमा शेर वहादुर मोक्तान (ए), सोमराज मोक्तान, शेर वहादुर मोक्तान (वि) लाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष चित्र वहादुर मोक्तानले ब्लाष्टलाई बताए । प्रतिष्ठानका प्रदेश सचिव लक्ष्मण मोक्तानको अध्यक्षतामा सम्पन्न प्रथम भेलाबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई प्रमुख अतिथि शंकर मोक्तानले पद तथा गोपनियताको शफत ग्रहण गराएका थिए ।
सो अवसरमा उनले मोक्तान (वंशवली) धोङ्गहप निर्माण तथा अध्ययन अनुशन्धान गर्न गठित समितिका पदाधिकारी एवं सदस्यहरुलाई वधाई तथा कार्यकुशलताको लागि शुभकामना दिए । उनले भने–‘आगामी फागुणको २५ र २६ गते धोङ्गह्रापको कार्यालय इटहरीमा प्रथम प्रदेश भेला हुने हुँदा सक्रिय सहभागीताको लागि झापा जिल्ला समितिलाई विशेष अनुरोध गर्दछु ।’ सो अवसरमा प्रदेस सदस्य पदम मोक्तानले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
- Dhankutapress