धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/छथरजोरपाटी गाउँपालिकाले तीज संस्कार, संस्कृति र सभ्यतामा फैलिएको सामाजिक विकृति विरुद्ध शंदेसमुलक वडा स्तरिय नाटक प्रतियोगिता तथा दर खाने कार्यक्रम आईतबार भव्य रुपमा आयोजना गरेको छ ।
गाउँपालिका अध्यक्ष छत्र वहादुर सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न वडा स्तरिय नाटक प्रतियोगितामा वडा नं.५ को नाट्य टोली प्रथम भएको छ । प्रथम हुने टोलीले नगद १५ हजार सहित प्रमाण पाएको छ । त्यसैगरी छाथरजोरपाटी गाउँपालिका वडा नं.४ को नाटक प्रदर्शन गर्ने टोली द्धितिय भएको छ । वडा नं.४ को नाट्य टोलीले नगद १२ हजार र प्रमाणपत्र फेला पारेको छ ।
त्यसैगरी वडा नं. २ को नाट्य टोली प्रतियोगितामा तेश्रो भएको छ । उस्ले नगद १० हजार सहित प्रमाण पत्र पायो । प्रतियोगितामा सहभागी अन्य नाट्य टोलीलाई पालिकाको तर्फबाट जनही ५ हजारको दरले सान्तवना पुरस्कार प्रदान गरेको छ । नाटक प्रतियोगिताको निर्णायकमा शिक्षा शाखा प्रमुख निर्मला सुवेदी, प्रशासन शाखा प्रमुख नेत्र वहादुर श्रेष्ठ र रोजगार शाखा प्रमुख शुशिला कार्की रहेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै पालिका अध्यक्ष छत्र सुब्बाले भने–‘तिजको नाममा अपनाईने क्रियाकलापले गर्दा समाजमा वेथिति, विकृति फैलिएकाले सामाजिक विकृति विरुद्ध वडा स्तरिय नाटक प्रतियोगिता आयोजना गरिएको हो ।’ उनले तिज मनाउने प्रचलनले समाजमा कसरी विकृति फैल्यायो भन्ने शन्देश प्रश्तुत् नाटकले छर्लङ्ग पारेको अध्यक्ष सुब्बाले बताए । उनले समाज रुपान्तरणको वाटोमा अघि वढीरहँदा चाडपर्वमा देखिने भड्किलो व्यवहार रोकिनु पर्नेमा जोड दिए ।
गाउँपालिका उपाध्यक्ष गीता गुरुङ खेवाको अध्यक्षतामा सम्पन्न नाटक प्रतियोगितामा वडा नं.१ का वडाध्यक्ष गोविन्द लिम्वु, वडा नं.३ का ज्ञान वहादुर लिम्वु, वडा नं. ४ का वडाध्यक्ष टेकवहादुर तामाङ, वडा नं.५ को डिकवहादुर लिम्वु र वडा नं.६ का वडाध्यक्ष दिपक गुरुङको पनि उपस्थिति रहेको थियो । सो अवसरमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत जीतमान जिमीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीलाई स्वागत मन्तव्य पालिकाको तर्फबाट निर्मला सुवेदीले राखेका थिए । उक्त कार्यक्रममा राष्ट्रिय कलाकार गंगा गौतमले तिजका गीत गाएर सहभागीहरुलाई जोरपाटीको चिसोमा पसिना फुट्ने गरी नचाएका थिए । पालिकाले हरेक वर्ष तिज पर्बको अवसरमा तिज पर्वको नाममा देखिने विकृति, विसंगती विरुद्ध व्यङ्गगात्मक नाटक प्रतियोगितामा नियमित रुपमा आयोजना गर्दे आएको उपाध्यक्ष गीता गुरुङ खेवाले बताईन ।






- Dhankutapress