सुस्मिता थिङ तामाङ
धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद, धनकुटाले धनकुटामा रहेर ब्लाष्ट टाईम्स दैनिक आवद्ध भएर विगत लामो समय देखी पत्रकारिता गरिरहेका ब्लाष्टकर्मी एवं फोनिजकर्मी सन्तवीर लामालाई एक समारोहहको विच शुक्रवार सम्मान गरेको छ ।
धनकुटा नगरपालिकाको सहयोग र नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाले आयोजना गरेको २ दिने विश्व सम्पदा र छोटो प्रभावकारी प्रश्तुतीका वारेमा आयोजित क्षमता अभिवृद्धि कार्यक्रमको उद्धघाटन सत्रको अवसर पारेर ब्लाष्टकर्मी एवं फोनिजकर्मी लामालाई सम्मान गरिएको हो ।

धनकुटामा रहेर ब्लाष्ट टाईम्स राष्ट्रिय दैनिकमा आवद्ध भै विगत २३ वर्ष देखी निरन्तर पत्रकारिताको माध्यामबाट आदिवासी जनजातिहरुको हकअधिकार प्राप्तीको लागी फोनिजकर्मी भएर निरन्तर कलम चलाइरहेको भन्दै लामालाई सम्मान गरिएको हो । उनलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सम्मान पत्र र खदा ओढाएर सम्मान गरेका थिए । सो अवसरमा हालै मोरङको पथरीमा सम्पन्न फोनिज प्रदेश नं.१ को दोश्रो प्रादेशिक महाधिवेशबाट अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाका अध्यक्ष रविन नेवाः खड्गी, जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले पनि खदा लगाएर सम्मान गरेका थिए ।
सो अवसरमा विभिन्न एकल जातिय संस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरुले पनि ब्लाष्टकर्मी एवं फोनिजकर्मी लामालाई खदा ओढाएर सम्मान गरेका थिए । नेवाः देय् दवू प्रदेश नं.१ का सदस्य रेणु कुमारी श्रेष्ठ, नेफिन धनकुटाका पुर्व अध्यक्ष पार्वती राई, जिल्ला अध्यक्ष श्रीकृष्ण प्रधान, किराँत आठपहरिया समाजका केन्द्रिय अध्यक्ष सरकुमारी आठपहरिया, नेपाल मगर संघका इन्द्र लुङ्गेली मगरले खदा ओढाएर सम्मान गरेका थिए ।

त्यसैगरी सो अवसरमा नेफिन नगर समन्वय परिषद धनकुटाका सल्लहाकार समेत रहेका लामालाई नेपाल शेर्पा संघका दालमु शेर्पा,किराँत याक्थुङ चुम्लुङ नगर समिति धनकुटाका अध्यक्ष खड्ग लिम्वु, तामाङ घेदुङका नगर अध्यक्ष कुल वहादुर तितुङ तामाङ, छथर जोरपाटी घेदुङका अध्यक्ष मनकुमारी गोले, मिसाः खलका जिल्ला अध्यक्ष सुभद्रा श्रेष्ठ लगायतले खदा ओढाएर सम्मान गरेका थिए ।
उद्धघाटन सत्र नगर समन्वय परिषदका अध्यक्ष रविन नेवाः खड्गीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष इन्द्र लुङ्गेली मगरले राखेका थिए । कार्यक्रमको संचालन फोनिज धनकुटाका उपाध्यक्ष मानवी मोक्तानले गरेकी थिइन । २ दिने क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमको सहजीकरण संचारभिज्ञ विधुप्रकाश कायस्थले गरिरहनु भएको छ । प्रशिक्षण कार्यक्रममा धनकुटा नगर महासंघमा आवद्ध रहेका १२ एकल जातिय संस्थाहरमा दाजुभाई तथा दिदि बहिनीहरुको सहभागीता रहेको छ ।

- dhankutapress