Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

भुँइचालोले जिर्ण बनेको हिले बजारको वौद्ध गुम्बाको पुनः निर्माण

  •   ४ वर्ष अघि | ९ साउन २०७९, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/प्रदेश नं.१ कै पहिलो पर्यटकिय गन्तव्य धनकुटाको हिले बजारमा रहेको ५२ वर्ष पुरानो वौद्ध गुम्वाको पुनःनिर्माण गरिएको छ । वि.सं.०७२ सालमा वैसाख १२ गते आएको भँुइचालोको कारण जिर्ण बनेको ऐतिहाशिक महत्व वोकेको वौद्ध गुम्वा पुनःनिर्माण गरिएको हो । 

संघिय सरकारको वजेट नीति तथा कार्यक्रम अनुसार आ.व.०७८÷०७९ मा भुकम्प पुनःनिर्माण प्राधिकरणको सहयोगमा धनपा–१ हिलेमा रहेको थुप्तेन देक्षेन छ्योलिङ गुम्वाको पुनःनिर्माण गरिएको निर्माण समितिका अध्यक्ष सीताराम तामाङले बताए ।

पुनः निर्माण प्राधिकरणबाट प्राप्त अनुदान र स्थानिय गुम्वा निर्माण उपभोक्ता समितिको जनश्रमदानबाट हिले विच बजारमा रहेको थुप्तेन देक्षेन छ्योलिङ गुम्वाको पुनः निर्माण गरिएको धनपा–१ का निवर्तमान वडाध्यक्ष एवम् जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले धनकुटा प्रेसलाई बताएका छन् । उनले संघिय सरकार अन्तर्गत आ.व.०७७÷०७८ मा भुकम्प पुनःनिर्माण प्राधिकरणको गुम्वा निर्माणको लागि सहयोग प्राप्त भएपछि कोरोनाको कारण आ.व.०७८÷०७९ मा थुप्तेन देक्षेन छ्योलिङ गुम्वाको पुनःनिर्माण गरि सकिएको बताए । 

तामाङले पुनः निर्माण प्राधिकरणबाट ६८ लाख र २३ लाख जनश्रमदान गरी जम्मा ९१ लाख रुपयाँ लगानी गरेर थुप्तेन देक्षेन छ्योलिङ गुम्वाको पुनः निर्माण गरिएको निवर्तमान वडाध्यक्ष एवं समन्वय प्रमुख तामाङले बताएका छन् । गुम्वा तिन तलाको निर्माण गरिएको छ भने गुम्वाको कुल क्षेत्रफल ८ सय स्क्वायर फुट रहेको छ । यस गुम्वामा विशेष गरेर वौद्धमार्गी समुदायका तामाङ, शेर्पा, गुरुङहरुले वुद्ध जयन्ती (सागधावा), ल्होछार (नयाँ वर्ष), भदौरे पुर्णिमा लगायत अन्य तिथिहरु र चाडपर्वहरुमा भेला भएर वुद्ध भगवान प्रति शान्तिको कामना गर्दै मोलमपाठ गर्ने गर्दछन् । 

थुप्तेन देक्षेन छ्योलिङ गुम्वा वि.सं.२०२७ सालमा नेपालका वरिष्ठ र विश्वमा चर्चित आँखा विशेषज्ञ डा.सन्दुक रोईतका पिता समाजसेवी स्व.कारवारी लामा र थुप्तेन उक्याब लामाले स्थापना गरेका हुन । यो गुम्वा ०२७ साल देखी निर्माण शुरु भएर ०३१ सालमा मात्र पुरा भएर संचालनमा आएको हालका गुम्वा व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका निरेन तितुङ तामाङले बताएका छन् । उनले वि.सं.०५१ साल देखी कारवारी लामा र थुप्तेन उक्याव लामाको परिवारहरु काठमाण्डौ वसाँई सरी गएपछि गुम्वा संचालन, रेखदेख र संरक्षणको सम्पुर्ण जिम्मेवारी हिलेवासी वौद्ध धर्मावलम्वी तामाङ परिवारले लिएको बताए । हिले वजारको मुटुमा रहेको यस गुम्वालाई स्थानियले वुद्ध निवास भनेर पनि चिन्ने गरेका छन् ।   

थुप्तेन देक्षेन छ्योलिङ गुम्वालाई वौद्ध धर्मशास्त्र र वौद्ध दर्शन अनरुप वैधानिकता दिएर संचालन गर्नका लागि लामा घेदुङ संघिय समितिका महासचिव मणि लामा मोक्तानसंग आवश्याक समन्वय भैरहेको म्हानिपा घेदुङ धनकुटाका उपाध्यक्ष पेमा लामाले बताईन । जिर्ण गुम्वा पुनःनिर्माण भएपछि नयाँ साजसज्जाको साथ संचालनमा आएको छ । गुम्वामा दैनिक पुजापाठ, तिथि अनुसारका वौद्ध धर्मदर्शन र शास्त्रमा आधारित भएर धार्मिक अनुष्ठानहरु (शान्तिपाठ) हुने गरेको छ । 

  • Dhankutapress

थप