Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

नेपाल तामाङ घेदुङ वडा नं.९ को अध्यक्षमा पालाङ दोेर्जे

दहिचिउरे र खुरापाती राजनीतिलाई चिर्दै अघि नवेढे पहिचान स्थापित नहुने

  •   ४ वर्ष अघि | २१ चैत्र २०७९, मङ्लबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/नेपाल तामाङ घेदुङ धनकुटा नगरपालिका वडा नं.९ को आईतवार सम्पन्न दोश्रो वडा भेलाले पालाङ दोर्जे वम्जन तामाङलाई वडाध्यक्षमा चयन गरिएको छ । 

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका निवर्तमान सचिव सन्तवीर मोक्तान तामाङको प्रमुख आतिथ्यमा बेलहराको बागखोरमा सम्पन्न दोश्रो वडा भेलाले उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः अनु योन्जन तामाङ, रेश्मा लामा घिसिङ, जीवन वम्जन तामाङ र मदन गोले तामाङलाई चयन गरिएको छ ।

नौ सदस्यीय वडा समितिको सदस्यहरुमा सुस्मिता ब्लोन तामाङ, पदम वम्जन तामाङ, मीना योन्जन तामाङ र जय वहादुर योन्जन तामाङलाई चयन गरिएको छ । त्यसैगरी वडा समितिलाई विधानत व्यवस्थित् ढंगले संचालन गर्न चन्द्र वहादुर वम्जन तामाङको संयोजकत्वमा ५ सदस्यीय सल्लाहाकार समिति चयन गरिएको छ । सल्लाहकार समितिको सदस्यहरुमा जीवन वम्जन तामाङ, गंगामाया ग्लान तामाङ, सानु वम्जन तामाङ र सुन्दर तामाङलाई भेलाले सर्वसम्मत चयन गरिएको छ । 

यस अघि जीवन वम्जन तामाङको अध्यक्षतामा ०७६ सालमा प्रथम वडा भेला गरेर ११ सदस्यीय नेपाल तामाङ घेदुङको वडा नं.९ को समिति गठन गरिएको थियो । समिति निर्माण भए पश्चात वेलहरामा रहेका तामाङ समुदायमा आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति वचाएर लानु पर्छ भन्ने विषयमा जागरण आएको  कार्यक्रममा  सहभागीहरुले वताएका छन् । कार्यक्रमका प्रमुख अतिथि लामाले वडा घेदुङ गठन भएपछि वर्षै पिच्छे ल्होछार मनाउने गरेको, वौद्ध गुम्वा पाठशाला स्थापना गरेर म्हानिपा घेदुङसम्म गठन भएको वताएका छन् । उनले समुदायमा आफ्नो सनातन देखि चलि आएको मौलिक भाषा, धर्म, संस्कार, संस्कृतिलाई जोगाएर लान सक्नु पर्नेमा जोड दिएका छन् ।

लामा भने–‘हाम्रा पुर्खाले साँच्चै भन्ने हो भने आधुनिक नेपाल वनेपछि पेलिदै आए, हेपिदै आए, राणाकाल, पञ्चायत काल जस्तो निरंकुश शासनमा पनि जोगाएर ल्याएको भाषा, संस्कार, संस्कृतिलाई जोगाउने जिम्मा अहिलेको पुस्ताको हो ।’ उनले लोकतन्त्र गणतन्त्र आउँदा पन हामी हेपिनु पर्ने, थिचिनु पर्ने, मिचिनु पर्ने अव तामाङ गाउँगाउँमा घाँस दाउरा, मेलापात मात्र गरेर हुदैन भन्दै अघि वढ्न सवैलाई आग्रह गरे ।


आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं.१ सचिव सन्देश सुव्वा (सेन्लप) ले भने–‘भाषा, संस्कार, संस्कृतिको मात्र कुरा गरेर पुग्दैन, नेपालमा पछिल्लो समयमा देखिएको दहीचिउरे र खुरापाती राजनीतिलाई चिर्दै पहिचानलाई स्थापित गरेर लानु जरुरी रहेको छ ।’ उनले आफू पहिलो पटक धनकुटाको वेलहरा आउँदा ठूलो तामाङ गाउँमा आइपुग्दा धेरै खुशी लागेको वताए । आफ्नो मौलिक संस्कार, संस्कृति जोगाउन तामाङ समुदाय गाउँटोलमा लागेको देख्दा धेरै खुशी लागेका वताए । उनले आगामी दिनमा संगठित भएर अघि वढ्न सुझाव दिए । 


नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाका सदस्य एवं वेलहरा तामाङ समुदायका अगुवा पालाङ दोर्जे लामाको अध्यक्षतामा सम्पन्न दोश्रो वडा भेलामा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका निवर्तमान सचिव सन्तवीर लामा, नेपाल तामाङ घेदुङ धनकुटा नगर समितिका अध्यक्ष कुलवहादुर तितुङ तामाङ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेशका सचिव सन्देश सुव्वा (सेन्लप) लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेलामा वेलहराको वागखोरमा रहेका १ सय ५० घर तामाङ दाजुभाई तथा दिदिवहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

  • Dhnakutapress

थप