Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

आठौं योग दिवशको अवसरमा विद्यार्थिहरुलाई योग तालिम

  •   ४ वर्ष अघि | ८ असार २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/ ‘मानवको लागि योग’ भन्ने मुल नाराको साथ सोमवार धनकुटामा विविध कार्यक्रमको आयोजना गरि आठौं अन्तराष्ट्रिय योग दिवश मनाइएको छ । 

कार्यक्रममा सहभागीहरुले योगले शान्ति, भाईचारा र मानवता जोगाउँदै सभ्य र स्वास्थ्य समाज निर्माण सहयोग पु¥याउने धारणा राखेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य गोपाल गुरागाँर्यले सुःख शान्ति, समृद्धिलाई योगले उचाईमा पु¥याउने वताए । नेता गुरागाँईले विद्यालय स्तरमै वालवालिकाहरुलाई योग सम्वन्धि ज्ञान दिन सकरात्मक पक्ष भएको टिप्पणी गरे । 


जिल्ला समन्वय समिति, धनकुटाका प्रमुख निरेन तितुङ तामाङको अध्यक्षतमा सम्पन्न आठौं अन्तराष्ट्रिय योग दिवशको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका नेता भिम राई, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । उनीहरुले योगले सुखी र स्वास्थ्य रहन मद्धत पु¥याउनेमा जोड दिएका थिए । 


सो अवसरमा अन्तराष्ट्रिय योग दिवशको अवसर पारेर निजामति आवशिय विद्यालयका छात्र–छात्राहरु विच वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा उक्त विद्यालयका ११ जना छात्रछात्राहरुले भाग लिएका थिए । भाग लिएका मध्ये सवै भन्दा उत्कृष्ठ निजामति आवशिय विद्यालयको कक्षा ९ मा अध्ययनरत सक्षम वानियाँ प्रथम भएका थिए । द्धितिय हुनेमा कक्षा १० मा अध्ययनरत कविना अधिकारी द्धितिय र कक्षा ८ मा अध्ययरत छात्रा इश्वरी चौधरीले तेश्रो स्थान हाशिल गरेका थिए । 


सो अवसरमा निजामति आवशिय विद्यालयमा अध्ययनरत करिव २ सयको संख्यामा रहेको छात्र–छात्राहरु मध्ये ११ जनाले भाग लिएका थिए । सो अवसरमा कोशि अञ्चल आयुर्वेद औषधालय धनकुटाका प्रमुख वरिष्ठकोशि अञ्चल आयुर्वेद औषधालयका वरिष्ठ चिकित्सक सुरेश मेहेताले १ घण्टा वालवालिकाहरुलाई योग सिकाएका थिए । वक्तित्वकला प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई पुरस्कार सहित प्माणपत्र पूदान गरेर सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा सहभागी सम्पुर्ण अतिथिहरुला्इ आयोजक संस्थाको तर्फबाट मायाको चिनु प्रदान गरिएको थियो । 

  • Dhankutapress

थप