Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

तामाङ पत्रकार संघको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

सवैले दिए सोनाम ल्होछारको शुभकामना

  •   ५ वर्ष अघि | २३ माघ २०७८, आइतवार

सुस्मिता थिङ 

धनकुटा प्रेस सम्वादाता 

धनकुटा/२८५८ ताक ल्हो सोनाम ल्होछार नयाँ वर्षको अवसरमा तामाङ पत्रकार संघ जिल्ला समिति धनकुटाले सनिवार शुभकामना आदन प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । 

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामाको प्रमुख आतित्थ्यमा ल्होछार विशेष शुभकामना आदन प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । तामाङ पत्रकार संघ धनकुटाका संस्थापक अध्यक्ष समेत रहेका लामाले सोनाम ल्होछार मञ्जुश्री सम्वतको ल्हो चक्र र ल्हो पद्धतिका वारेमा जानकारी गराएका थिए । अध्यक्ष लामाले सो अवसरमा सोनाम ल्होछार नयाँ वर्षले सवैमा सुःख, शान्ती, समृद्धि, उन्नती र प्रगतीको लागी शुभकामना मन्तव्य व्यक्त गरे । तामाङ समुदायको नयाँ वर्षको पहिलो दिनलाई ख्रेला छेपागी (माघ शुक्ल प्रतिपदा) भन्ने गरिएको र त्यही दिन देखी सोनाम ल्होछार विभिन्न कार्यक्रमको साथ १५ दिनसम्म संसार भर मनाउने गरिएको उनले वताए । 

शुभकामना आदन प्रदान कार्यक्रममा तामाङ पत्रकार संघ धनकुटाका संस्थापक सचिव एवं केन्द्रिय सदस्य मानवी मोक्तानले कार्यक्रमको औचित्य माथि प्रकास पार्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा उनले कार्यक्रमको औचित्य माथि प्रकास पार्दै सोनाम ल्होछार जिल्लाको विभिन्न स्थानमा मनाएको वताईन । धनकुटाको विशेष गरेर तामाङ गाउँ वस्तीहरु हिले, छथरको नाम्जाङ, महालक्ष्मी न.पा.वडा नं.९ को सिरिसे, पाख्रीवासको सान्ने, महालक्ष्मीको चानुवा, लेगुवा, मुर्तिढुङ्गाको देराली, पाख्रीवास–९ को उत्तरपानी, चुङवाङ, जिल्ला सदरमुकाम धनकुटा वजार, चौविसे गाउँपालिकाको कुरुलेतेनुपा स्थित् मानेडाँडा, साँगुरीगढीको वुढीमोरङको दानावारी, साल्बोटे, धनकुटा न.पा.वडा नं.९ को बेलहरा लगायत स्थानमा ल्होछार कार्यक्रम धुमधामसंग मनाई रहेको वताईन । उनले सो अवसरमा ल्होछारको महत्व, मनाउने तरिका, मञ्जुश्री सम्वत अनुसारको ल्हो परम्पराको वारेमा प्रष्ट पारेका थिए । 


सो अवसरमा फोनिजका प्रदेश नं.१ का नवनर्विाचित अध्यक्ष सन्तवीर लामा र तामाङ पत्रकार संघकी केन्द्रिय सदस्य मानवी मोक्तानलाई तामाङ पत्रकार संघ धनकुटाका अध्यक्ष चन्द्रमाया तामाङ र सचिव बिबेक तितुङ तामाङले खदा ओडाएर सम्मान गरेका थिए । सो अवसरमा फोनिजका नवनिर्वाचित प्रदेश नं.१ का सदस्य सर्मिला राईलाई पनि खदा लगाएर सम्मान गरिएको थियो । त्यसैगरी हालै नवदाम्पत्य जीवनमा वाँधिनु भएका तामाङ पत्रकार संघ जिल्ला समिति धनकुटाका अध्यक्ष चन्द्रमाया घिसिङ तामाङ र भुपेन थिङ तामाङलाई सफल दाम्पत्य जीवनको सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि फोनिज प्रदेश नंं. १ अध्यक्ष लामाले खदा ओडाएर सम्मान गर्दै बधाई ज्ञापन गरेका थिए । 

संघका धनकुटा अध्यक्ष चन्द्रमाया घिसिङ तामाङको अध्यक्षतामा सम्पन्न शुभकामना आदन–प्रदान कार्यक्रममा फोनिजका संघिय सल्लाहकार समिति सदस्य संजय सन्तोषी राई, फोनिज १ नम्वर प्रदेश समितिका निवर्तमान महासचिव विदुर खवास, नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष हिमा चेम्जोङ, धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, प्रेस य्नियनका केन्द्रिय उपाध्यक्ष एवंम फोनिज धनकुटाका सल्लहाकार विजय सन्तोषी राई, फोनिज धनकुटाका अध्यक्ष विनु चेम्जोङ, पत्रकार महासंघ धनकुटाका पुर्व अध्यक्षहरु राजेश्वर वहादुर श्रेष्ठ, खगेन्द्र घिमिरे, प्रेस चौतारीका जिल्ला अध्यक्ष रविन कट्टेल, प्रेस युनियन धनकुटाका निवर्तमान अध्यक्ष यानिन्द्र तिगेला, फोनिज प्रदेश नं.१ का नवनिर्वाचित सदस्य सर्मिला राई लगायतले शुभकामना व्यक्त गरेका थिए । 

सो अवसरमा सहभागी अतिथिहरुलाई आयोजक संस्थाको तर्फबाट ल्होछार विशेष तामाङ परिकारहरु खाफ्स्यो, धुची, छेमार प्रसादको रुपमा प्रदान गर्दे जलपान समारोहको आयोजना गरिएको थियो । कार्यक्रमको संचालन तामाङ पत्रकार संघ धनकुटाका सचिव विवेक तितुङ तामाङले गरेका थिए ।


  • Dhankutapress

थप