Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

मौलिक साँस्कृतिक पर्वहरुको विकास र प्रवद्र्धन गर्र्नु पर्नेमा जोड

  •   ४ वर्ष अघि | २३ जेष्ठ २०७९, सोमवार

धनकुटा प्रेस सम्वाददाता

भेडेटार/ आदिवासी जनजातिहरुको मौलिक साँस्कृतिक पर्वहरुको दिगो विकास गरी पर्यटन प्रवद्र्धन गर्न स्थानिय सरकारले ध्यान दिनु पर्ने सोमवार यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । 

किराँत राई यायोखा साँगुरीगढी गाउँ कार्य समिति धनकुटाले साकेला उभौली समापनको अवसरमा आयोजना गरेको साकेला प्रदर्शन साँस्कृतिक कार्यक्रममा बोल्ने वक्तहरुले यस्तो जोड दिएका हुन् । उनीहरुले आदिवासी जनजातिहरुको मौलिक सँस्कृतिहरुको विकास गरेर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सके आर्थिक समृद्धिको लागी टाढा जान नपर्ने धारणा राखेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष जितेन्द्र रुम्दालीले आदिवासी जनजातिहरुको भाषा, संस्कार, संस्कृति र मौलिक पर्वहरुको विकास र प्रवद्र्धनको लागी पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् । उनले साँगुरीगढी गाउँपालिका भित्र छरिएर रहेका सवैखाले जाति जनजातिहरुको लागी कसैलाई काख कसैलाई पाखा नगरी समान ढंगले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सो अवसरमा रुम्दालीले भने–‘आफूलाई अमुल्य मतदान गरी गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सुम्पिनु भएको छ, म सवै पालिकावासीलाई धन्यवाद दिन्छु ।’ सवै मिलेर समन्वय र सहकार्यको सिद्धान्त अनरुप साँगुरीगढीको विकास गर्न आफूलाई साथ दिन पालिकावासीलाई अध्यक्ष रुम्दालीले आग्रह समेत गरे । 


त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष सन्जय सन्तोषी राईले हरेक जातिका भाषा, संस्कार, संस्कृति वाँचे मात्र त्यो जातिको पहिचान स्थापित हुने बताए । उनले हरेक जातिको पहिचान युगयुगसम्म वचाएर राख्न स्थानिय सरकारले हरेक जातिको भाषा, संस्कार, संस्कृति र मौलिक पर्वहरुको संरक्षण गरी प्रवद्र्धन गर्न सक्नु पर्नेमा जोड दिए । उनले भने–‘राज्यको शिक्षा नीति आदिवासी जनजाति मैत्री नभएको कारण भाषिक साँस्कृतिक हिसावले आदिवासी जनजातिहरु पछि पर्दै गएको गुनासो गरे । राईले हरेक जातिको मौलिक संस्कृतिहरुको संरक्षण लाग्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे । उनले सोकला सिली किराँतीहरुको मात्र नभएर सवै जनजातिहरु तथा धर्म समुदायले समेत नाच्ने भएकाले धार्मिक सहिष्णुता, सामाजिक एकता, जातिय सदभाव र भाईचाराको विकास हुँदै गएको वताए ।

किराँत राई यायोखा साँगुरीगढी गाउँकार्य समितिका अध्यक्ष जगतवहादुर राईको अध्यक्षतमा सम्पन्न महानचाड साकेला नाच प्रदर्शन कार्यक्रमको समापन समारोहमा पालिकाका उपाध्यक्ष मुना राई, वडा नं.६ का वडाध्यक्ष यम प्रकास मगर, किराँत राई यायोखा जिल्ला अध्यक्ष नगेन्द्र राई, लेउती जलधार प्रकृति साँस्कृतिक प्रवद्र्धन समितिका अध्यक्ष बलवहादुर राई, कोषाध्यक्ष मेम चाम्लीङ्ग, आदिवासी जनजाति महासंघ साँगुरीगढी गाउँपालिकाका अध्यक्ष प्रमिला लिम्वु, फोनिज १ नम्वर प्रदेश  समितिका अध्यक्ष सन्तवीर लामा, वरिष्ठ मुर्तिकार रोजन राई, किराँत राई यायोक्खा धरान–१९ का अध्यक्ष मेघनाथ राई, किराँत राई यायोक्खा धरान–८ का अध्यक्ष सरस्वती राई र किराँत राई यायोक्खा वराह क्षेत्रका अध्यक्ष  धनराज राई लगायतले आ–आफ्नो धारणा राख्दै आदिवासी जनजातिहरुको मौलिक संस्कार संस्कृतिहरुको संरक्षणमा राज्यले ध्यान दिनु पर्नेमा जोड दिएका छन् । सो अवसरमा साकेला नृत्य प्रदर्शनमा सक्रिय सहभागिता जनाउने कलाकार एवं प्रशिक्षकलाई संस्थाको तर्फवाट खदा ओडाएर सम्मानपत्र प्रदान गरिएको थियो । 


यसै अवसरमा साँगुरीगढी गाउँपालिका वडा नं.१ लावरवोटे, इन्द्रेणी पुल नजिकै रहेको हालै निर्माण कार्य सम्पन्न गरिएको लेउती करिडोर साकेला केलाङ पार्कको सोमवार समुद्धघाटन गरिएको छ । नवनिर्मित पार्कको पालिका अध्यक्ष जितेन्द्र रुम्दालीले एक समारोहको विच गरेका थिए । सो पार्कको वागेढुङ्गामा साकेला थान स्थापना गरिएको छ । सयौ किराँतीहरुले साकेला नृत्य प्रश्तुत् गर्दै किराँती माङ्गपाहरुले किराँत मुन्धुम अनरुप साकेला थानमा पुजा आरधना समेत गरेका थिए ।


किराँत माङ्गपा भक्त साङ्गपाङ्गका अनुसार साकेला नृत्यमा विशेष गरेर शिलि अन्तर्गत उभौली सेवाको भुमीपुजाको वेलामा धानरोपेको, लासेपासे फाँडेको, बालीनाली लगाएको, झिँगा सिली लगायतको प्रकृतिसंग तादम्यता राख्ने खाल्का नृत्य प्रश्तुत् गरिने वताएका छन् । यो वेला जलचर, थलचर, जिवजन्तु उँभो लाग्ने भएकाले उभौली भनेको साङ्गपाङले वताए । नृत्यमा उभौलीमा खेतीपाती राम्रो होस, प्रकृति प्रकोप नहोस भन्ने कामना गर्दै उभौलीमा पुजा आरधाना गर्दै परम्परा र संस्कृति रहेको साङ्गपाङले वताए । 


  • dhankutapress

थप