सुस्मिता थिङ तामाङ
धनकुटा / धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले ल्होछार पर्वले तामाङ समुदायमा जागरण ल्याउने वताएका छन् ।
धनकुटा नगरपालिका वडा नं.४ मा रहेको ह्रिन्छेन छ्योलिङमा २८५८ ताक ल्हो (बाघ बर्ग) सोनाम ल्होछार नयाँ वर्षको अवसरमा नगर घेदुङ धनकुटाले सनिवार आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख तामाङले यस्तो वताएका हुन् ।
तामाङ घेदुङले संचालन गरेको सचेतनामुलक अभियानले पछिल्लो समयमा तामाङ जाति पनि क्रमशः राज्य हरेक क्षेत्रमा पुग्न सफल भएको वताउँदै प्रमूख तामाङले घेदुङ अझै सक्रिय भएर अघि वढ्नु पर्नेमा जोड दिए । उनले तामाङ जाति आफै पछि परेको जाति नभै राज्यको नीतिको कारण पछि परेको वा पारिएको बताए । मुलुकमा लोकतन्त्र गणतन्त्र आए पछि वनेको समावेशी संविधानले गर्दा तामाङ जाति मात्र नभएर सिङ्गो आदिवासी जनजातिहरु राज्यको पहुँचमा पुग्न सफल भएको प्रमख तामाङले दावी गरे । हरेक जातिले सभ्य नागरिकको परिचय दिन शिक्षा क्षेत्रमा जोड गर्न सके राज्यद्धारा पछि पारिएका समुदाय राज्यको हरेक निकायमा पुग्न सक्ने बताए । नगर प्रमुख तामाङले सोनाम ल्होछार ताक ल्हो (बाघ वर्ष) को अवसरमा सम्पुर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गरे ।
सो अवसरमा उनले धनकुटा जिल्लाको सदरमुकाम धनकुटा वजारमा वौद्धमार्गी समुदायको पहलमा निर्माण भैरहेको वौद्धगुम्बाको निरिक्षण समेत गरेका थिए । उनले स्थानिय समुदायको पहल गुम्वा निर्माण भैरहेको देख्न पाउँदा आफुलाई खुशि लागेको समेत वताए । गुम्वा वौद्ध धर्मको वास्तु शास्त्र अनुसार निर्माण भैरहेको आफुले पाएको सो अवसरमा उनले वताए । गुम्वा निर्माण वौद्ध मार्गी समुदायको मात्र नभएर सिङ्गगो धनकुटाको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनले वताए । धनकुटाको भोटे चौतारमा निर्माण भेरहेको गुम्वा धनकुटाको गहनाको रुपमा स्थापित हुनेमा आफु विश्वस्त रहेको प्रमुख तामाङले वताए ।

सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष संजय सन्तोषी राईले आदिवासी जनजातिहरुको मौलिक चाडपर्वहरुमा विदा नदिएको गुनासो गरे । उनले किराँत जातिको ऐलेदोङ, तामाङ, गुरुङ, शेर्पा र अन्य आदिवासी जनजाति समुदायको मौलिक पर्वहरुमा एक दिदै आएको विदा कटौति गरेको प्रति आपत्ति जनाए । आदिवासी जनजातिहरुको मौलिक पर्वहरुमा विदा कहिले दिने नदिने गरेको भन्दै त्यसो नगरी राज्यले सवै नागरिकलाई समान व्यवहार गर्न सरकारलाई आग्रह गरे ।
नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाका अध्यक्ष कुल वहादुर तितुङ तामाङको अध्यक्षतामा सम्पन्न शुभकामना आदन प्रदान धनपा वडा नं.४ का वडासदस्य होमवहादुर अधिकारी, घेदुङका संघिय सदस्य लालचन्द्र गोङवा, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामा, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठ, उधोग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष तारा तितुङ तामाङ, तामाङ घेदुङ धनकुटाका अध्यक्ष विष्णु मोक्तान तामाङ, म्हानिपा घेदुङ धनकुटाका उपाध्यक्ष पेमा लामा, नेपाल तामाङ नगर समितिका पुर्व अध्यक्ष गंगावहादुर तितुङ लगायतले शुभकामना मन्तव्य गरेका थिए ।
सो अवसरमा तामाङ संस्कृतिमा आधारित डम्फूरेहरुले डम्फु सेलोमा प्रश्तुत् दिएका थिए । नगर घेदुङ धनकुटाले आगामी माघ १९ गते देखी शुरु हुने सोनाम ल्होछारको पुर्वसन्ध्यामा धनकुटामा शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा धनकुटा नगरपालिका भित्रका विभिन्न वडामा वसोवास गर्ने तामाङ दाजु भाई तथा दिदिवहिनीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन नगर घेदुङका सचिव बागवीर तामाङले गरेका थिए ।
- dhankutapress.com