Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

विश्रान्तिमा सँस्कृत गुरुकुल शिक्षाको उद्घाटन

  •   ४ वर्ष अघि | ३० असार २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/गुरु पुर्र्णिमाको अवसर पारेर धनकुटा नगरपालिका न.पा.९ मुलघाट स्थित विश्रान्ति मन्दिरमा ’विश्रान्तिधाम सँस्कृत गुरुकुल’ को वुधवार एक समारोहको बिच उद्घाटन गरिएको छ ।

विश्रान्ति मन्दिर व्यवस्थापन समिति धनकुटाले स्थापना गरेको गुरुकुल शैक्षिक कार्यक्रमको प्रमुख अतिथि पण्डित केदारनाथ खतिवडाले गुरुकुलको बोर्ड अनावरण गरेर समुद्धघाटन गरेका थिए । उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि खतिवडा र गुरुकुलमा अध्ययनरत शिष्यहरुले स्वस्ती वाचन गरेका थिए । 

कार्यक्रममा बोल्दै पण्डित खतिवडाले विश्रान्तिमा गुरुकुल स्थापनाले वैदिक ज्ञानको नयाँ पुस्तामा हस्तान्तरण गर्न र सँस्कृत भाषाको संरक्षण गर्न ठुलो योगदान पुग्ने बताए । उनले गुरुकुल सञ्चालनका लागि आफूले सकेको सहयोग गर्ने बताए । कार्यक्रमका बोल्दै प्राध्यापक नारायण पोखरेल, विश्वप्रकाश रिजाल, जगदिश प्रसाद ओली, योगेश्वर बराल, धनकुटा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष टंक रोइला, विश्रान्ति मन्दिर व्यवस्थापन समितिका सल्लाहकार सुर्यशेखर श्रेष्ठ लगायतले विश्रान्ति मन्दिरमा गुरुकुल स्थापना हुनु निकै खुसीको कुरा भन्दै धर्म,सँस्कृति र सँस्कृत भाषाको उत्थानमा यसले सहयोग पुर्याउने विश्वास व्यक्ति गरे । 

गुरुकुलमा आवद्ध भएर अध्यपन गर्न वसेका शिष्यहरु प्राचार्य दिनेश अधिकारीको साथ ।

कार्यक्रममा गुरुकुल सञ्चालनका लागि विभिन्न व्यक्तिहरुले गरेको आर्थिक सहयोगको घोषणा गरेका छन् । जसमा पुस्कर प्रसाद जोशीले ११ लाख ११ हजार १ सय ११, पुरुषोत्तम पोखरेलले ११ हजार, नारायणप्रसाद पोखरेलले १ लाख २१ हजार, गोकुल प्रसाद पोखरेल र रञ्जना पोखरेलले २ लाख १ हजार, गीता पोखरेल रेग्मीले ५० हजार, शरला कायस्थले १ लाख, कमला शर्माले १ हजार ५ सय ५५ रुपैया सहयोग गरेका छन् । 

गुरुपुर्णिमा तथा भानु जयन्ती अवसरमा आयोजित उक्त कार्यक्रममा गुरुको महिमा, आदिकवि भनुभक्त र रामायण चर्चा पनि गरिएको थियो । कार्यक्रमका बोल्दै गुरुकुलका सल्लाहकार विजयानन्द सरस्वतीले गुरुबाट प्राप्त ज्ञानले अज्ञानरुपि अन्धकार र जीवनमा आइपर्ने दुःख, कष्ट, बाधा हटाउन सकिने बताए । उनले वेदको ज्ञानले जीवनलाई सत्मार्गमा हिडाउने र विश्वलाई हाँक्न सक्ने तागत भएको दाबी गरे । कार्यक्रममा सीता वस्ती, लक्ष्मी अधिकारी, गीता अधिकारी लगायतले भानुभक्त र रामायणको चर्चा गर्दै रामायण वाचन गरेका थिए ।

कार्यक्रममा गुरुकुल व्यवस्थापन समितिका संयोजक लिलानाथ मिश्रले गुरुकुलको वर्तमान अवस्थाका बारेमा जानकारी गराए । उनका अनुसार गत जेठ २ गते देखि पठन पाठन सुरु भएको गुरुकुलमा ३ जना कर्मकाण्ड पढ्ने र ५ जनामा कक्षा ६ मा सँस्कृत पढ्ने ५ जना विद्यार्थी रहेका छन् । गुरुकुलले विद्यार्थीहरुलाई खाने, बस्ने, पुस्तक तथा स्टेसनरी सबै निःशुल्क व्यवस्था गरेको छ । विश्रान्ति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शारदा प्रसाद मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गुरुकुलका प्राचार्य दिनेश अधिकारीले गरेका थिए ।

  • Dhankutapress

थप