सन्तवीर लामा
धनकुटा / अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा नवौंं फुड फेस्टिवल (खानपान महोत्सव) यो वर्ष पनि भव्य रुपमा हुने भएको छ । खानपान महोत्सव आयोजना गर्न सोमवार आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको नवौं फुड फेस्टिबल तथा खानपान महोत्सव–०७८ को सभ्य र भव्य रुपमा सम्पन्न गर्ने होटल एशोसिएसन भेडेटारले जानकारी दिएको छ । होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईका अनुसार आउँदो पौष १६ देखी १८ गते तीन दिनसम्म हुने फुड फेस्टिवल तथा खानपान महोत्सवमा पर्यटकहरुलाई खाना र बस्नको लागि १५ प्रतिसत भेडेटारमा रहेका सम्पुर्ण होटलहरुले छुटको अफर समेत दिइएकोे वताएका छन् ।
यस पटकको नयाँ वर्षको अवसरमा आयोजना हुने फुड फेष्टवलमा जिपलाईन, माउण्ट हेलीमा उडान, प्याराग्लाईडिङ, साईक्लिङ्ग र र्याफ्टिङ्गको विशेष आकर्षण हुनेछ । ¥याफ्टीङ सेवा र प्याराग्लाईडिङ्ग सेवा पर्यटकहरुलाई धुमाउनको लागि भेडेटार आसपासको क्षेत्रहरु नाम्जे, ध्वजेडाँडाको सनराईज, ध्वजेमा प्याराग्लाईडिङ्ग, हाईकिङ्ग, राजारानी ताल, ओख्रे भ्यूटावर, जेफाले भ्यु–टावर, आत्मा घर, शैलुङ्गडाँडा, सिम्सुवा झना, नाम्जे गाउँ होम स्टे, तमोर नदी र रानी तालमा फिक्सिङ्ग गर्न जाने लगायतका सचिवालयले प्याकेज कार्यक्रम समेत तयार गरेको अध्यक्ष राईले बताएका छन् । उनले दुरी हेरेर एक जनालाई एक रात होम स्टेमा वसाएर रानीताल अवलोकन र ध्वजे डाँडाको सनराईजको दृश्य अवलोकन साथै प्याराग्लाईडिङ्ग समेत गराएर पुनः भेडेटारमा आउने कार्यक्रम आयोजना गरिएको वताएका छन् ।
फुड फेस्टिवलमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादीत तरकारी तथा फलफुलको प्रर्दशनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा फुड फेष्टिबलको आकर्षण रहने छ । २५ देखी ३० हजार आन्तरिक तथा वाह्रय पर्यटकहरु भित्राउने योजना सहित सुरु गरिएको फेस्टिवलमा १ करोड बरावरको आर्थिक कारोवार गर्ने योजना रहेको होटल एशोसियसनका सल्लाहकार नरवहादुर चेम्जोङले बताएका छन् । सो फुड फेस्टिबलमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको रहने जनाइएको छ ।
भेडेटारमा यो वर्ष आयोजना हुने फुड फेस्टिवलको स्थल भेडेटार चोक देखी काम्फेकसम्म हुने वताइएको छ । महोत्सवको लागी २ दर्जनको हाराहारीमा स्टल तयारी गरिने आयोजकले जनाएको छ । आयोजकले आर्थिक तथा सामाजिक उत्थानको लागी पर्यटन, होटल व्यवसाय, होमस्टे, अन्य व्यवसाय, कृषि, साँस्कृतिक र शिक्षा क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले फुड फेस्टिवल हरेक वर्ष आयोजना गरिएको होटल एशोसिएसन भेडेटारका संस्थापक एवं सल्लाहकार विष्णु श्रेष्ठले वताएका छन् । भेडेटारमा आउने हजारौं पर्यटकहरुको लागी अघिल्लो वर्ष कोरोनाले गर्दा आयोजना गर्न नसकेपनि यो वर्ष होटलवास लगायत खानपानको राम्रो व्यवस्था गरिएको पनि उनले वताएका छन् ।
फुड फेस्टिबलमा आउने पर्यटकहरुले नजिकैको क्षेत्रहरु भेडेटार गाविस भित्र रहेको साँगुरी यक, पाथीभारा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, सिएननको सर्वेक्षणमा विश्वको १२ औं गन्तव्यको रुपमा लिएको विश्व चर्चित नाम्जेवजार, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, थाउजेण्ड विग वुद्ध, अजंगको वरको रुख, सुर्यद्धय बौद्धविहार, ह्वाईट गुम्बा लगायतका ठाउँमा घुमफिर गर्न सकिने वताइएको छ । त्यस्तै गरी मगर, लिम्बु, राई, याम्फु, तामाङ र याखा जातिको साँस्कृतिक झाँकीको समेत मनोरञ्जन लिन सकिने आयोजकले बताएका छन् ।
भेडेटार होटल एशोसिएनको मुल आयोजनामा हुने सो फेस्टिवलको लागि यो वर्ष सह–आयोजकमा नेष्ट भेडेटार, भेडेटार आमा समुह, पाथिभरा क्लव रहेका छन् । त्यसैगरी सहयोगीमा साँगुरी गढी गाउँपालिका, म्ुख्य प्रायोजकमा गोर्खा ब्रुअरी, सह–प्रायोजकमा प्रिन्सेस वाईन र प्रवद्र्धकमा नेपाल पर्यटनवोर्ड काठमाण्डौं रहेको भेडेटार एशोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले वताएका छन् । पत्रकार सम्ेमलनमा माउण्ट हिलेका संचालक सन्दिप भण्डारी, वरिष्ठ पत्रकार संजय सन्तोषी राई, धनकुटाका पुर्व अध्यक्ष खगेन्द्र घिमिरे, सुनसरी पत्रकार महासंघका अध्यक्ष जनक ऋषि राई, धरानका अग्रज पत्रकार मनिता चाम्लीङ, चलचित्र पत्रकार महासंघका अध्यक्ष विनोद विशंखे, भेडेटार होटल एशोसिएशनका संस्थापक सदस्य कृष्ण श्रेष्ठ, उपाध्यक्ष शान्ती मादेन लगायतको उपस्थिति रहेको थियो ।
- selokhabar