Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

दुर्लभ बन्दै गएको बर पिपलको बिबाह धनकुटामा

  •   ४ वर्ष अघि | २१ फाल्गुन २०७९, आइतवार

धनकुटा प्रेस अनलाइन सम्वाददाता

धनकुटा/पछिल्लो समयमा वर पिपल रोपेर, धर्मकर्मको लागी बाटो हिड्ने वटुवालाई आराम गर्ने थलोको रुपमा चौतारा वनाउने प्रचलन लोप हुँदै गएको छ ।

एकातिर मोटरवाटो, पाटीपौवा जस्तो भौतिक पुर्वाधारको कामले गर्दा सार्वजानिक पार्टी, चौतार मासिने क्रम पनि त्यतिकै वढ्दै गएको छ । यस्तो अवस्थामा धनकुटामा भने वर पिपल रोपेर सनातन देखिको वैधिक परम्परा अनुसार जग्गेहोम गर्दै नौमती बाजा वजाएर बरपिपलको विवाह गर्नेहरुको संख्या वढेको छ । यसरी हराउँदै गएको बरपिपलको विवाह गर्ने परम्परा वढ्दै जानु लोपहुँदै गएको नेपाली संस्कार संस्कृति पुनः नयाँ पुस्तामा स्थापित हुँदै आएको हो कि भन्ने झल्किन्छ ।   

जिल्लाको सहिदभूमी गाउँपालिका वडा नं.६ आाखिसल्लाका चन्द्र वहादुर दाहाल, एग वहादुर दाहाल र डेडराज दाहाल तिन दाजुभाईले आफ्ना स्वर्गिय वुवा शुरवीर दाहाल र आमा रनमाया दाहालको स्मृतिमा रोपेको वरपिलको विवाह गरि दिएका हुन् । दाहाल परिवारले हिन्दुधर्मको वैधिक विधि अनुसार सनिवार २ जना व्राम्हण पढाएर जग्गेहोम गर्दै नौमती वाजागाजा वजाएर ब्रम्हा विष्णुको प्रतिमुर्तिको रुपमा वरपिपलको विवाह गरि दिएका छन् ।

सहिदभूमी गाउँपालिका वडा नं.६ घर भएका दाहाल परिवारले धनकुटा नगरपालिका वडा नं.९ छिम्सुवामा आज भन्दा २५ वर्ष अघि स्व.शुरवीर दाहाल रोपेको बरपिपलको विवाह गरेका हुन् । उनीहरुले धनकुटा नगरपालिका वडा नं.९ वेलहराका पण्डित प्रेम प्रसाद सुवेदी र रुद्र प्रसाद सुवेदीलाई ल्याएर बरपिपलको विवाह गराएका हुन् । 

वि.सं.२०५४ सालमा वरपिलको विरुवा वैधिक विधि अनुसार व्राम्हण पढाएर स्व.वुवा शुरवीर दाहालले वृक्षारोपण गरेको कान्छा छोरा डेडराज दाहालले वताएका छन् । स्वर्गिय वुवा र आमाको स्मृतिमा ३ दाजुभाईका परिवार सहित २ दर्जन भन्दा वढी नातानातिनीहरु भै सकेको हुँदा आफु र आफ्ना सन्तानहरु वरपिपल झै तपिरहुन भनेर वरपिपल रोपेर विवाह गरेको दाहालले वताएका छन् । उनले आफूहरु ५ भाई मध्ये २ दाजुहरुको यस अघि नै स्वार्गावास भैसकेको बताए । 

उनले नेपाली समाज पछिल्लो समयमा वढी आधुनिकता तिर लम्की रहँदा पुर्खाहरुले थामी ल्याएको चालचलन वा परम्परागत संस्कृतिलाई वचाई राख्न र अहिलेका युवा पुस्तालाई पनि अनुशरण गराउने उदेश्यले पहिलो पल्ट वरपिपलको विधिवत विवाह गरेको वताए । उनले गाउँघरमा डोजर लगाएर वरपिपल चौतारी, माने, पौवापाटी भत्काएर मोटरवाटो खान्ने पछिल्लो चलनलाई सच्चिनको लागी पनि वरपिपल रोप्ने र रोपिएको वरपिपलको कर्म चलाउने कार्य गरिएको हो । 

त्यसैगरी धनकुटा नगरपालिका वडा नं.१० डुम्रे सान्नेका लेखनाथ सुवेदी र सरिता सुवेदीले पनि आफैले रोपेको बरपिपलको विवाह गरेका छन् । सुवेदी परिवारले धनपा–७ जिरोपोइन्ट घर भएका पण्डित गोपाल भण्डारी र उनका धर्मपत्नी गीता भण्डारीको गोडा धोएर पानी खाएर वरपिलको विवाह गरेका छन् । उनीहरुले पण्डित परिवारलाई सो अवसरमा टिका लगाएर दान दक्षिणा, भाँडा वर्तन, लुगाफाटा समेत दिएका थिए ।

त्यसैगरी धनकुटा नगरपालिका वडा नं.५ कर्मिटारका निर्माण व्यवसायी यज्ञ वहादुर खतिवडाले पनि आफ्ना पितृहरुको सम्झना गर्दै वरपिपलको विवाह गरेका छन् । उनले वरपिपलको विवाह गर्दा छरछिमेकी, इष्टमित्र, साथी–भाईलाई मात्र वोलाएन्न नौमती वाजागाजा समेत वजाएका थिए । तर, कतिपयलाई भने वरपिपलको विवाह भएको सुन्दा एकादेशको कथा जस्तो लाग्ने गरेको छ । 

  • Dhnakutapress

थप