Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

ऐलिनाले नचाईन धनकुटेलीलाई

  •   ३ वर्ष अघि | २१ भदौ २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/करिव रातको दश वजेको थियो । हजारौं दर्शकहरुको धर्यताको वाँध टुट्न लागि सकेको होकि भन्ने भान हुन्थ्यो । किनभने उनीहरु करिव ३ घण्टा देखि प्रतिक्षारत थिए । जुनदृश्य थियो, श्री कृष्णजन्माष्टमीको अवसरमा धनकुटा–७ स्थित् त्रिवेणी माविको प्राङ्गणमा वुधवार साँझ आयोजित विविध साँस्कृतिक कार्यक्रमको । 

साँस्कृतिक कार्यक्रमकी मुख्य आकर्षक थिईन राष्ट्रिय कलाकार सुमधुर श्वरकी धनि पुर्वेली चर्चित गायिका एलिना चौहान । जव उनी करिव १० वजे राती विशेष प्रकारले सिगारिएको मञ्चमा नमस्ते धनकुटा भन्दै उदाईन, लग्यो आमदर्शकलाई अब भने हाम्रो धर्यताको वाँध टुट्यो । सवैले गडगडाएर ताली बजाएर स्वगात गरे । हेर्दा सामान्य जस्तो लाग्ने, सुमधुर र सुरिलो श्वरकी धनि एलिनाले शुरुमा आफ्नो परिचय दिईन । एलिनाले भनिन्–‘मैले गीत गाउन थालेको ४/५ वर्ष भयो, धनकुटामा पहिलो पटक आउने अवसर मिलेको छ, धनकुटेली सवैलाई धन्यवाद दिन्छु ।’ उनले आफू धनकुटा आउन पाउँदा धेरै उत्साहित भएको छु, यति धेरै सहभागीहरु माँझ गीत गाउने अवसर पाएँ धेरै खुशी लागेको वताईन । 

एलिनाले १० वजे रातीसम्म आफ्नै लागि कुरीरहनु भएको भन्दै कार्यक्रम स्थलमा उपस्थित् आमदर्शकलाई पुनः धन्यवाद दिदै गीतको शुभारम्भ गरिन । उनले शुरुमा तिम्रो मायाले वाँधेर राख वोलको गीत गाईन । लामो प्रतिक्षा पछिको भोगाई भएर पनि होला दर्शकहरु उक्त गीतमा निकै झुमेर नाचेको दृश्य देखियो । त्यसो त एलिनाले त्यस पछि लगतार आफ्नो सुमधुर श्वरमा झण्डै एक दर्जनको हाराहारीमा लगतार विभिन्न बोलको आफूले गाएको गीत गाईन । 

उनले एहै तिम्रो माया लाग्छ वरिलै, धोकेवाँज हौ तिमी, के माया लाग्छर, मिनिरल वाटर, टुङ्गनाको धुनमा डाँडापारी जुनमा लगायत दर्जन गीत पस्किएर करिव ११.३० वजे रातीसम्म धनकुटोली दर्शकलाई नचाइन । उनले विभिन्न गीत संगीत प्रश्तुत् गरिरहँदा दर्शक दिर्घामा सवै भन्दा वढी बालबालिका, किशोर–किशारीहरुले वढी रुचाएको होकी भन्ने भान पर्दथ्यो । एलिनाले गायनको क्रममा जाने वेलामा विदा माग्दै भनिन् आम दर्शकको माया र भरोषाले गर्दा आफू यो अवस्थासम्म आईपुगेको वताईन । दर्शककै मायाले गर्दा नै अवको तीन दिन पछि कन्र्सटमा अष्ट्रेलिया जाने पनि धनकुटा प्रेसलाई अनौपचारिक गफमा एलिनाले सुनाईन । 

श्री कृष्णजनमाष्टमीको अवसरमा आयोजित विविध साँस्कृतिक कार्यक्रममा स्थानिय वेण्डहरुको प्रश्तुती, पुर्वेली लोकगायक इन्द्र सुशेली चोङ्गवाङ्गको साँगितिक प्रश्तुती, त्रिवेणी वराहडान्स सेन्टरको विशेष नृत्यहरु प्रश्तुत् गरिएको थियो । कार्यक्रम प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्रिवेणी वराह डान्स सेन्टरकी डाईरेक्टर युशिन एस्मालीले सहभागी सवैलाई कार्यक्रम सफल पार्न सहयोग गरेको भन्दै धन्यवाद् दिईन । उता धनकुटा–५ तल्लो टुडिखेलमा पनि टिन्सक्रिउ डान्स सेन्टरले आफ्नो संस्थाको १० औं वर्षिक उत्सव तथा श्री कृष्णजन्माष्टमीको अवसर पारेर विशेष वहुसाँस्कृतिक सांगितिक प्रश्तुती पस्केको थियो ।  



  • Dhankutapress

थप