Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

संघ र प्रदेशको निर्वाचनमा एमाले गठवन्धनसंग एक्लै चुनाब लड्ने–नेता ढकाल

  •   ४ वर्ष अघि | २५ साउन २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धनसँग एमाले एक्लै चुनाव लड्न तयार रहेको नेकपा एमालेका स्थाई समिती सदस्य तथा पूर्व कानुन मन्त्रि भानुभक्त ढकालले बताएका छन् । 

प्रेस चौतारी धनकुटाले आयोजना गरेको पत्रकार सम्ेमलनमा वोल्दै नेता ढकालले वुधवार यस्तो वताएका हुन् । पत्रकार सम्मेलनमा उनले निर्वाचन केन्द्रित अभियानका लागि धनकुटामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा धनकुटा आईपुगेका नेता ढकालले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । 

नेपालमा दुई पार्टी सिस्टम शासन प्रणाली आवश्यकता भएको भन्दै नेता ढकालले एउटा सिस्टमको नेतृत्व एमालेले गर्ने बताए । नेपालमा जति धेरै पार्टी त्यति धेरै अस्थिरता उत्पन्न भएको भन्दै उनले नेपाली राजनीतिलाई, लोकतान्त्रिक प्रणालीमा दुई पार्टी सिस्टमतर्फ लैजान जरुरी ढकालको भनाई थियो  । एमाले मंसिर ४ को निर्वाचनका लागि आफना कार्यकर्तालाई सबै नागरीकसम्म पुर्याउन र एमालेको नितिको बारेमा जानकारी दिदै चुनाबमा एक्लै बहुमत प्राप्त गर्ने अभियानमा रहेको समेत उनले  बताए । 

एमालेका स्थाई समिती सदस्य तथा प्रदेश १ का पुर्व मुख्यमन्त्री शेरधन राईले वर्तमान सरकारका मुख्यमन्त्री राजेन्द्र राईले सहजकर्ताको भूमिका पुरा नगर्दा प्रदेश नम्बर १ को नामाकरण हुन नसकेको आरोप लगाएका छन् । पत्रकार भेटघाटमा बोल्दै पूर्व मुख्यमन्त्री राईले अहिलेको सरकारको रवैयाका कारण नामाकरण हुन नसकेको आरोप लगाए  ।  प्रदेश सरकारले सहजिकरण गरे नेकपा एमाले छलफलका लागि तयार रहेको उनको दावी थियो । प्रदेशको नामाकरणका लागि नेपाली काँग्रेसले समेत खुट्टा कमाएको राईले राईको आरोप छ ।

प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कट्टेलको अध्यक्षतमा सम्पन्न पत्रकार सम्ेमलनमा स्थायी कमिटी सदस्य हिकमत कार्की, धनकुटा इन्चार्ज एवं केन्द्रिय सदस्य राजेन्द्र राई, केन्द्रिय सदस्य शकुन्तला वस्नेत, धनकुटा सह–इनचार्ज विना देवी राई, एमालेका प्रभावशाली नेता प्रदेश नं.१ का उपाध्यक्ष टिकाराम चेम्जोङ, जिल्ला कमिटि धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुली, सचिव निरन राई लगायतको उपस्थिति रहेको थियो ।



  • Dhankutaprress

थप