Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

समानुपातिक सूचीको नाम खुला गर्न अध्येता तिगेलाको सुझाव

  •   ४ वर्ष अघि | ४ पुस २०७९, सोमवार

धनकुटा प्रेस सम्वाददाता

काठमाडौँ/राजनीतिशास्त्रका अध्येता विश्वासदीप तिगेला खेवा लिम्वुले विश्व र नेपालको निर्वाचन प्रणालीबारे तथ्याङ्क सहित तुलनात्मक जानकारी दिएका छन्। 

मुन्धुम एकेडेमी काठमाडौँद्वारा सनिवार आयोजित अन्तक्र्रियामा उनले विश्वका उत्कृष्ट र अप्रजातान्त्रिक निर्वाचन प्रणालीका कसीमा नेपालको मिश्रित निर्वाचन प्रणालीले केके सुधार गर्न आवश्यक छ भन्ने विषयमा पनि तथ्यगत कारण र आधार प्रस्तुत गरे। आफूले नेपालको मिश्रित निर्वाचन प्रणाली विकसित देशका भन्दा उत्तम पाएको जिकिर गर्दै तिगेलाले समानुपातिक नाम सूची खुला गर्न सकेमा विकृति नदेखिने बताए ।  

क्यान्टबरी युनिभर्सिटी बेलायतबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका तिगेला हाल राजनीतिशास्त्रमा चीनको सुरक्षा नीति विषयमा विद्यावारिधि गर्दै छन् । धनकुटावासी लेखकका काव्य, निबन्ध, नियात्रा, अनुसन्धानमूलक कृति लगायत ‘ह्वाइ चाइना इज नट रिप्लेसिङ अमेरिका’ नामक पुस्तक प्रकाशनमा आइसकेको छ  । 

कार्यक्रममा एकेडेमीका संयोजक डिबी आङ्बुङ लिम्वु लगायत राजनीतिशास्त्रका विद्यार्थी र राजनीतिकर्मीको सहभागिता थियो ।

  • Dhankutapress

थप