Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सहिदभूमि गाउँपालिकामा पुनः मनोज र रत्नश्वरी

  •   ४ वर्ष अघि | ५ जेष्ठ २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

छिन्ताङ/सहिदभूमि गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार मनोज राई १ सय ८७ मतान्तरले विजयी भएका छन् । 

उनले ४ हजार २ सय १४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले ४ हजार २७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

यस्तै उप–प्रमुखमा एमालेकै रत्नश्वरी राई विजयी भएकी छन् । उनका प्रतिद्धन्द्धि नेपाली कांग्रेसका तोर्ण खड्का रहेका थिए । राईले ४ हजार, ६ सय ७२ मत पाउँदा खड्काले ३ हजार ३ सय ७१ मात्र मत पाएका थिए । सहिदभूमि गाउँपालिकाको मत परिणामअनुसार वडा नं. २, ३, ६ र ७ मा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं. १, ४ र ५ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

सहिदभूमि गाउँपालिकामा अध्यक्षमा मनोज राई र उपाध्यक्षमा रत्नश्वरी राई दोस्रो कार्यकालकका लागि दोहोरिएका हुन् । गएको वैसाख ३० गते मतदान प्रक्रियामा एमाले र गठवन्धनका कार्यकर्ताहरु विच विवाद भएपछि निर्वाचन स्थगित भएको थियो । स्थगित मदन पुनः सोमवार शान्तिपुर्ण ढंगले सम्पन्न भएको थियो  । 

  • Dhankutapress

थप