धनकुटा प्रेस सम्वाददाता
धनकुटा/प्रतिनिधि सभा तर्फ १९ हजार २ सय ४७ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई गठवन्धनका उम्मेदवार सुनिलवहादुर थापा भन्दा १३ सय,५८ मतले अघि छन् ।
नेकपा एमालेका उम्मेदवार राईले ९ हजार ३ सय २० मतले अघि बढ्दा गठवन्धनको तर्फबाट उम्मेदवार वनेको पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता सुनिलवहादुर थापा ७ हजार ९ सय ६२ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले माछा चुनाव चिन्हमा २ हजार, ३ सय ३ मत ल्याएका छन् । १९ हजार २ सय ४७ मत गणना हुँदा ५ सय ८१ मत बदर भएर १६ हजार ६ सय ६६ मत सदर भएको छ ।
त्यस्तै प्रदेश क तर्फ नेकपा एमालेका निरन कुमार अग्रस्थानमा छन् । उनले ४ हजार, १ सय २३ मतका साथ अघि वढ्दा उनका निकटतम प्रतिद्वन्दी जसपाका उम्मेदवार तथा पूर्वमन्त्री रकम चेम्जोङले २ हजार, ८ सय १९ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै गठवन्धनको तर्फबाट उम्मेदवार वनेका नेकपा एसका अर्जुन राई १ हजार ३ सय ३६ मत सहित तेस्रो स्थानमा छन् । सो क्षेत्रमा ८ हजार ८ सय २६ मत गणना हुँदा ३ सय ३ मत वदर भएको छ भने ८ हजार ५सय २३ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यता प्रदेश ख तर्फ नेकपा एमाले उम्मेदवार इन्द्रमणी पराजुलीले नै अग्रता लिइरहेका छन । उनले ३ हजार, ९ सय १ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्दी गठवन्धनको तर्फबाट उम्मेदवार वनेकी माओवादी नेतृ कुसुम कुमारी श्रेष्ठले ३ हजार १ सय ७२ मत प्राप्त गरेकी छिन । यस क्षेत्रमा ८ हजार, ४ सय २७ मत गणना भइसकेको छ । जसमा ८ हजार, ३ सय १७ मत, सदर हुँदा २ सय १० मत वदर भएको छ ।
जिल्लाको कुल ६० वडा मध्ये १५ वडाको मत गणना भइसकेको छ । अहिले धनकुटा नगरपालिकाको वडा नं.३ को मत गणना भइरहेको छ । महालक्ष्मी नगरपालिकाको १ देखि ९ वडा सम्मको मत गणना भइसकेको छ भने चौविसेको ८ वटै वडाको मत गणना भइसकेको छ । धनकुटामा कुल मतदाता मध्ये ५९.४० प्रतिशतले मात्रै मतदान गरेका छन् । १ लाख १६ हजार ९ सय ९१ मतदाता रहेको धनकुटामा ६९ हजार ४ हजार ९३ जनाले मत हालेका थिए ।
- Dhankutapress